(Japan) 29 th March | 2024 | Friday | 1:43:21 PM || (Nepal) 10:28:21 AM
 
 


टोकियोमा मार्च २१ मा नेपाली लक्षित निशुल्क स्वास्थ्य शिविर तथा परामर्श सेवा

  POSTED ON : Wednesday, 20 March, 2019 | Views : 4007

टोकियोमा मार्च २१ मा नेपाली लक्षित निशुल्क स्वास्थ्य शिविर तथा परामर्श सेवा


टोकियो ।

जापानको टोकियो क्षेत्रमा बस्ने नेपालीहरुको लागि लक्षित गरेर गत बर्ष जस्तै यस बर्ष पनि निःशुल्क स्वास्थ्य जॉच तथा परामर्श शिविर आयोजना हुने भएको छ ।

टोकियो महानगरपालिकाको प्राबिधिक सहयोगमा हुने स्वास्थ्य शिविर एनआरएनए जापान र एनविएको बिशेष सहयोगमा आसाको आयोजनामा हुन लागेको हो ।

स्वास्थ्य शिरिव टोकियोको ओकुवो स्थित एभरेष्ट ईन्टरनेशनल स्कुलको हातामा हुने भएको छ । शिविर यहि मार्चको २१ तारिक बिहिबार बिहान १० बजे बाट बेलुकी ५ बजे सम्म हुने भएको छ ।

नेपाली तथा जापानि चिकित्सकहरुको संलग्नतामा हुने स्वास्थ्य शिविरमा छातिको एक्स रे, इसिजी, मुटुको भिडियो एक्स रे, मधुमेह रोगको जाँच र दन्त परिक्षण सेवा निशुल्क उपलब्ध हुने डा.बिजय ज्ञवालीले जानकारी दिनुभयो ।

डा. ज्ञवालीका अनुसार महिला सम्बन्धित रोगको लागि शिबिरमा नेपाली महिला चिकित्सकले पनि सेवा दिनुहुनेछ । साथै आवश्यकता अनुसार बिरामीलाई निशुल्क रिफर पत्र उपलब्ध गराइने छ ।

स्वास्थ्य शिविरमा जापानी भाषा नजानेका नेपालीहरुले पनि सहजै नेपाली स्वयंसेवी तथा चिकित्सकहरुबाट सेवा लिन सक्नेछन् ।

स्वास्थ्य शिविरमा चिकित्कसहरु  (Sandeep Shakya,Prakash Shakya,Bijay Gyawali,Lushun Chalise,Suman Shrestha,Pratisha Shakya,Supriya Shakya,Divya Bhandari ,Aliza KC,Takashi Sawada,Tomita Shigeru ,Makoto Aoki) ले स्वास्थ्य परिक्षण तथा परामर्श सेवा दिनुहुनेछ ।