(JAPAN) 18 th June | 2019 | Tuesday | 3:57:59 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:42:59 PM
 

फुकुओकामा हुने नेपाल फेस्टिवलमा निशुल्क स्वास्थ्य परिक्षणको मौका

Jack Khadka   POSTED ON : Monday, 18 March, 2019 | Views : 140

फुकुओकामा हुने नेपाल फेस्टिवलमा निशुल्क स्वास्थ्य परिक्षणको मौका


फुकुओका-जापान ।

फुकुओकामा आयोजना हुन लागेको नेपाल फेस्टिवलमा निशुल्क स्वास्थ्य शिविर राखिने भएको छ ।

नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको नेपाल फेस्टिफल फुकुओका-२०१९ मा लायन्स क्लबले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको हो ।

दोस्रो निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम आयोजना नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबले गरेको हो । फुकुओका ईन्टिच्युट अफ अकुपेशनल हेल्थको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।

क्लबले नेपाली समुदायलाई लक्षित गर्दै स्वास्थ्य शिविर आयोजना गरेको यो दोस्रो पटक हो । नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको नेपाल फेस्टिबल फुकुओका २०१९ मा अप्रिल ६ शनिबार बिहान १२ बजेदेखि साँझ ४ बजेसम्म तेन्जिन चुओउ पार्कमा स्वास्थ्य शिविर रहनेछ ।

स्वास्थ्य शिविरमा जापानीज विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परिक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ । यसैगरि नेपाली भाषा अनुवादकले भाषा नबुझ्नेहरुलाई सघाउने व्यवस्था समेत गरिएको क्लबले जनाएको छ ।


जापानको फुकुओका शहरमा दोश्रो पटक नेपाली समुदायलाइ लक्षित गर्दै “हाम्रो स्वास्थ्य हाम्रै हातमा” नियमित स्वास्थ्य जाँच गर्ने बानिको बिकास गरौं भन्ने जनचेतनामुलक नारा सहित निस्शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविरको आयोजना गरिएकोले क्लवले जनाएको छ ।

क्लवका अध्यक्ष अर्जुन थापाका अनुसार नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबले नेपाल फेस्टिवल फुकुओका २०१७ मा प्रथम पटक नेपाली डाक्टरहरुको सहयोगमा निशुल्क स्वास्थ्य जांच तथा परामर्श कार्यक्रम आयोजना गरेको थियो । थापाको नेतृत्वमा २०१६ मा स्थापित क्लबले नेपालमा समेत सामाजिक कार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ ।

जापानको नागोयामा जुन १५ र १६ तारिखमा नेपाल फेष्टिबल हुँदै