(JAPAN) 25 th May | 2019 | Saturday | 2:02:56 PM
(Nepal) 25 th May | 2019 | Saturday | 10:47:56 AM
 

४ सय सुसी रेष्टुरेण्ट रहेको कुरा क्रपलाई कामदारले फोहोरमा परेको माछा झिकेर काटेपछि तनाव

  POSTED ON : Thursday, 07 February, 2019 | Views : 579

४ सय सुसी रेष्टुरेण्ट रहेको कुरा क्रपलाई कामदारले फोहोरमा परेको माछा झिकेर काटेपछि तनाव


टोकियो ।

जापानभर चेन सुसी रेष्टुरेण्ट रहेको कुरा क्रपका एक कामदारले झुक्किएर फोहोरको भाँडोमा परेको माछालाई फेरी झिकेर काटेर ग्राहकलाई दिएको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक हुन पुगेको भिडियो कामदार मध्येकै अर्का एकले खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको बताईएको छ ।

कामदारको असावधानीले फोहोर हाल्ने भाँडोमा झुक्किएर परेको सुसी बनाउन प्रयोग गरिने माछालाई झिकेर फेरी काटेको भिडियोमा देखिन्छ ।

भिडियोमा कामदारले कटिगं बोर्डमा माछालाई काटेर पछाडी रहेको फोहोरको भाँडोमा झुक्किएर राख्न पुग्छन् । तर उनले तत्काल त्यसलाई झिकेर काटेको भिडियोमा देख्न सकिन्छ ।

कम्पनीले मोरीगुची रेष्टुरेण्टका कामदारले गरेको गल्तीमा माफी माग्दै गम्भिर लापरवाहीको घटनामा संलग्नमाथि कानुनी बाटो अपनाउने जनाएको छ ।

कम्पनीले कामदारलाई दिनुपर्ने तालिम र निर्देशनमा कमी हुन गएको हुनसक्ने जनाउँदै उनिहरुको बानी व्यवहारलाई मध्यनजर गर्दै थप तालिम दिने प्रतिवद्धता जनाउँदै आफ्नो रेष्टुरेण्टमा उपलब्ध खाना स्वास्थ्यको लागि कुनैपनि हानीकारक नरहेको जनाएको छ ।