(JAPAN) 25 th May | 2019 | Saturday | 1:56:11 PM
(Nepal) 25 th May | 2019 | Saturday | 10:41:11 AM
 

जापानमा भाषा समस्या भएकाको लागि नवजात शिशुको खोप र स्वास्थ्य सम्बन्धी कार्यक्रम, फोनबाट पनि जानकारी लिन सकिने

  POSTED ON : Wednesday, 06 February, 2019 | Views : 210

जापानमा भाषा समस्या भएकाको लागि नवजात शिशुको खोप र स्वास्थ्य सम्बन्धी कार्यक्रम, फोनबाट पनि जानकारी लिन सकिने


टोकियो ।

भाषाकै कारण आफ्ना नवजात शिशु र साना बालबालिकाहरुलाई दिइनुपर्ने खोप एवं स्वास्थ्य परिक्षणमा समस्या भोगिरहेका जापानका नेपालीहरुका लागि राजधानी टोकियोमा कार्यक्रम हुने भएको छ ।

जापानमा जन्मिएका नवजात शिशुहरुलाई लगाउने खोप एवं स्वास्थ्य सम्बन्धि जानकारी दिन हेल्थ फर अल संस्थाको पहलमा खोप तथा मातृशिशु स्वास्थ्य सम्बन्धि सेमिनार हुनेभएको हो ।

टोकियोको सुगिनामि कुरा हुने सेमिनारमा जापानमा नै जन्म भएका तथा यहाँ रहने नेपाली नवजात शिशुको खोप सम्बन्धि जानकारी दिन सेमिनार आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम सुगिनामि कुको आसागयामा रहेको स्योकोन खाईकेनमा हुने छ ।

नवजात शिशुको खोप तथा स्वास्थ्य सम्बन्धी सेमिनारले घरमा बच्चा भएर पनि भाषाको कारणले नबुझिएको समस्याहरु सहित नवजात शिशुका लागि अपनाउनु पर्ने सर्तकताहरुका बारेमा बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

फेब्रुवरी १० तारिख आईतबारका दिन दिउसो १ बजेबाट कार्यक्रम सुरु हुनेछ ।

सो समयमा उपस्थित हुन सम्भव नभएमा प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रवार टेलिफोन गरेर समेत नेपाली भाषामानै जानकारी लिन सकिने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।