(JAPAN) 21 st March | 2019 | Thursday | 2:22:49 PM
(Nepal) 21 st March | 2019 | Thursday | 11:07:49 AM
 

जापानमा ईन्फ्लुएन्जा बिरामीले महामारीको रुप लिंदै, साईतामा, निगाता, चिबा र टोकियो बढी प्रभावित

Gokarna Adhikari   POSTED ON : Sunday, 03 February, 2019 | Views : 371

जापानमा ईन्फ्लुएन्जा बिरामीले महामारीको रुप लिंदै, साईतामा, निगाता, चिबा र टोकियो बढी प्रभावित


टोकियो ।

जापानमा मौसमी ईन्फ्लुएन्जाबाट बिरामीहुनेको संख्या अहिलेसम्मकै बढी पाईएको छ ।

चिसोका कारण हुने विभिन्न स्वास्थ्य समस्यासँगै अधिकाशंमा हकंकगं फ्लु सहित एचवानएनवान ईन्फ्लुएन्जा र फ्लुको संक्रमण भएको पाईएको जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।

औषतमा ५७.०९ प्रतिशत बिरामीमा ईन्फ्लुएन्जाको संक्रमण भएको पाईएको मन्त्रालयले जनाएको छ ।

यो संख्या सन् १९९९ देखी प्राप्त तथ्यांक मध्ये सबैभन्दा बढी भएको मन्त्रालयलाई उदृत गर्दै क्योदो समाचार संस्थाले उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार मौसमी फ्लुको संक्रमणबाट बिरामीहरुको संख्या लगातार बढीरहेको छ ।

जाडो याम सुरुभएयता करिव २३ लाख व्यक्ति ईन्फ्लुएन्जा र फ्लुबाट बिरामी भएर उपचारको लागि स्वास्थ्य केन्द्र पुगेका छन् ।

यस मध्ये १० लाख व्यक्तिले गत सातामात्र उपचार गराएको मन्त्रालयले जनाएको छ । प्रभावितहरुको संख्या बढ्दो क्रममा रहेको स्वास्थ्य केन्द्रको तथ्यांकले देखाएको छ ।

ईन्फ्लुएन्जा र फ्लुको संक्रमणमा परेका मध्ये ३२ सय ५ जना अस्पताल नै भर्ना भएका छन् ।

त्यसमध्ये ६ सय २८ जना चिकित्सकहरुको नियमीत निगरानीमा रहेर उपचार गर्नुपर्ने गम्भिर प्रकृतिको रहेका छन् । दुवै संख्या गत बर्षको तुलनामा झण्डै दोब्बरले बढी हो ।

यो संख्या जापानभर ५ हजार स्वास्थ्य केन्द्रमा पुगेर उपचार गराएका प्रभावितहरुको तथ्यांकमा आधारित हो ।

संख्यात्मक रुपमा हेर्दा सबैभन्दा बढी साईतामा प्रिफेक्चर बढी प्रभावित पाईएको छ । जहाँ करिव ८४.०९ प्रतिशत स्वास्थ्य परिक्षण गर्न गएकाहरुमा ईन्फ्लुएन्जा र फ्लु भएको पाईएको छ ।

त्यसपछि निगाता र चिबा क्षेत्रमा क्रमश ७७.७० प्रतिशत र ७३ प्रशितशमा ईन्फ्लुएन्जा र फ्लुको संक्रमण पाईएको छ । फ्लुको संक्रमणबाट राजधानी टोकियोबासीसमेत नराम्ररी प्रभावित भएका छन् ।

कयौं स्थानमा ईन्फ्लुएन्जाबाट प्रभावितहरुको संख्या बढेपछि बाल स्याहार केन्द्र, शिशु विद्यालय र विद्यालयहरु समेत बन्द गर्नुपरेको छ ।

गत हप्ता सबै तहका विद्यालयहरु सबै ठाउँमा बन्द भएको दिन गन्दा ८ हजार ९ सय २८ दिन बन्द हुन पुगेको मन्त्रालयले जनाएको छ ।

अस्पताल भर्ना भएका मध्ये आधा बढी संख्या ७० बर्ष भन्दा बढी उमेर समुहका रहेका छन् । जसमा २० प्रतिशत यस्ता बिरामी ९ बर्ष भन्दा कम उमेरका बालबालिकाहरु रहेका छन् ।

Photo Source : Rakuten