(JAPAN) 19 th December | 2018 | Wednesday | 1:54:52 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:39:52 PM
 

जापानमा आणविक आक्रमण विस्फोट तथा क्षेप्यास्त्र खसे यसरी बच्न सकिन्छ

  POSTED ON : Friday, 09 March, 2018 | Views : 213

जापानमा आणविक आक्रमण विस्फोट तथा क्षेप्यास्त्र खसे यसरी बच्न सकिन्छ

टोकियो ।

उत्तर कोरियासँगको आणविक, तथा क्षेप्यास्त्र विवाद तथा आफ्नै आणविक भट्टीको जोखिमका बिच जापानले त्यस्तो जोखिमबाट बच्न सकिने उपायहरु सार्वजनिक गरेको छ ।


छिमेकी उत्तर कोरियासँग सत्रुतापूर्ण सम्वन्ध तथा उत्तरले लगातार मिसाइल परीक्षण गरिरहँदा नागरिकहरुलाई कसैगरि मिसाइल आक्रमण वा खस्न गएमा बच्ने उपाय केही समयअघि सिकाएको समेत थियो ।


स्याटलाईट सिस्टमका आधारमा उत्तर कोरियाले परिक्षण गरेका मिसाइलबारे जानकारी तथा जापानी भूमिमा आएमा तत्काल त्यस्ता सूचना प्रवाह गर्ने प्रविधि समेत जापानले प्रशारण गरेको थियो ।


यसरी प्रकाशित सूचनामा घर भित्र रहेमा कसरी तथा बाहिर रहेमा कसरी सुरक्षित रहने भन्ने जानकारी समावेश छ ।


उत्तर कोरियाले केही महिना अघि लगातार मिसाइलहरु परिक्षण गरिरहँदा तथा जापानी समुन्द्र क्षेत्रमा त्यस्ता मिसाइल खसेको समाचारहरु प्रशारण भइरहँदा नागरिकलाई सुरक्षाको अनुभुति र आत्मबल बढाउने उदेश्य सहित जापान सरकारले त्यस्तो अवस्थामा बच्ने उपाय सार्वजनिक गरेको हो ।


जापान सरकारले औपचारिक रुपमै त्यस्तो अवस्थामा घर भित्र तथा बाहिर रहँदा कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारेमा विस्तृत विवरण सहितको सार्वजनिक सूचना जारि गरेको हो ।


जापान सरकार, नागरिक सुरक्षा विभागको वेवसाइटमा सर्वसाधरणको सुरक्षाका लागि ब्यालेस्टिक मिसाइल खसेमा वा खस्दै गरेको खवस्थामा सुरक्षित रहन सक्ने उपायबारे यस्तो सूचना जारि गरेको पाइएको छ ।


व्यालेस्टिक क्षेप्यास्त्र एकदमै छोटो समयमा जमिनमा बजारिन्छ खस्छ । त्यो मिसाइल जापानमै र तपाई नजिक खस्ने अवस्था छ भने निम्न सूचनाहरु जारी हुन सक्छ ।


सचेत गराउने, साईरन बजाएर जानकारी दिने, रेडियो तथा विभिन्न माध्यम जस्तै मोबाइलमा सन्देश पठाएर, रेडियो मार्फत आपतकालिन सन्देश प्रशारण गरेर जतिसक्दो छिटो सबैमाझ सूचना पुर्याइनेछ । तथापि सूचना लगत्तै वा त्यसअगावै सूचना पाएको वा पाउनुअघिनै घटना भएमा निम्न उपाय अपनाएर सुरक्षित रहने प्रयास गर्नुहोला ।

१. घर बाहिर भएको अवस्थामा


नाक मुख रुमालले बन्द गरेर सकेसम्म बलियो भवन तथा जमिन मुनी भाग्नुहोस् । ठूला भवनका अण्डरग्राउण्ड भएको ठाउँमा छिर्नुहोस् । जसले गर्दा व्यालेस्टिक मिसाइलहरु तपाई भएको ठाउँमा वा नजिकै खसेमा जमिनमुनि असर कम पर्ने सम्भावना रहन्छ ।


व्यालेस्टक मिसाइल खस्दै गरेको देखेमा वा सूचना पाइहालेमा जतिसक्दो धेरै व्यक्तिमा त्यो सन्देश प्रवाह गर्नुहोस् । जसले गर्दा धेरैभन्दा धेरै व्यक्ति सुरक्षित रहन सक्छन् र क्षति कम हुने सम्भावना रहन्छ ।


२. भवन नभएको खुल्ला ठाउँमा भएको अवस्थामा


यति नजिकै कुनै भवन छ भने आड लागेर सुरक्षित हुन जाने प्रयास गर्नुहोस् । वा नजिकै कुनै बस्तु भएमा आड लागेर शरिर लुकाउने वा जमिनमा घोप्टो परेर सकभर अनुहार तथा टाउको जोगाउने प्रयास गर्नुहोस् ।


३. घर भवनभित्र हुनुहुन्छ भने            


झ्याल नजिक नबस्नुहोला । जतिसक्दो छिटो झ्याल नभएको कोठामा जानुहोस् ।


झ्याल ढोका खुल्ला छन् भने बन्द गरिहाल्नुहोस् ।


एसी तथा पंखा बन्द गर्नुहोस् । जसले गर्दा व्यालेस्टिक मिसाइल वा आणविक रकेट खसेको खण्डमा त्यसको ग्यासँको गन्ध असर कोठामा छिर्न नपाओस् ।


आँखालाई सुरक्षित राख्न पट्टि बाँधेर बस्नुहोस् । पानी भएमा रुमाल भिजाएर आँखा र मुख ढाक्नुहोस् । कपडाले छोपेर मात्र सास लिनुहोस् । तत्काल पानी बोतलमा हालेर राख्नुहोस् । मिसाइल खसेकै हो भन्नै पक्का भएमा खुल्ला आँखाले सकभर नहेर्नुहोस् । भेन्टिलेटर खुल्ला भएमा बन्द गर्नुहोस् बाहिरि अवस्था हेर्न र सहयोग माग्नुअघि सिसाको झ्यालबाट नियाल्नुहोस् ।


सहयोग माग्दा सेतो कपडा हातले उठाएर माग्नुहोस् ।


उत्तर कोरियाले आफुमाथि अमेरिकाले युद्धपोत पठाएर युद्धको लागि जिस्काएको भन्दै युद्धको लागि तयार रहेको र युद्धपोत फिर्ता नलगिए आक्रमणको सामना गर्न तयार रहन भनिरहेकै बेला जापानी प्रधानमन्त्रीको कार्यालयबाटै यस्तो सूचना जारी भएको हो ।


जापानी प्रधानमन्त्री सिन्जो आवेको आधिकारीक डिजास्टर क्राइसिस म्यानेजमेन्ट इन्फरमेसनबाट जारी गरिएको यो सूचना सक्दो सेयर गरेर सबैमा जानकारी गरिदिन अनुरोध समेत गरिएको छ ।