(JAPAN) 19 th December | 2018 | Wednesday | 2:52:43 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 11:37:43 PM
 

आफ्नै मान्छेको 'प्रहार'बाट श्रीकृष्ण घाईते (भिडियो सहित)

  POSTED ON : Thursday, 04 October, 2018 | Views : 320

आफ्नै मान्छेको 'प्रहार'बाट श्रीकृष्ण घाईते (भिडियो सहित)

टोकियो ।

गीतकार तेजेन्द्र भन्डारीको पहिलो गजल प्रहार श्रीकृष्णबम मल्लको संगित र लोकप्रिय गायक राज सिग्देलको स्वरमा सुन्दर म्युजिक भिडियो सहित यूट्युवबाट सार्वजनिक भएको छ ।

सँगितकार श्रीकृष्ण बम मल्लकै निर्देशनमा तयार म्यूजिक भिडियोमा मल्ल, गितकार भण्डारी प्रमिला कार्कीको जिवन्त अभिनय देख्न सकिन्छ ।

गीतलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

बिन्दबासिनी म्युजिकले बजारमा ल्याएको गजल गीत प्रहारले आफ्ना मिल्ने साथीलाई भरोसा गरिएपनि कतिपय साथीले अगाडी मिठा कुरा गरेर पछाडिबाट धोका दिने सन्देश बोकेको छ ।

बाग्लुङ्गको गलकोटमा जन्मेर जापानलाई कर्मथलो बनाएका गीतकार तेजेन्द्र भन्डारीले गीत मार्फत अगाडिबाट चिल्ला कुरा र राम्रो भएको देखाउन खोज्ने अनि  पछाडिबाट छु्रा हान्ने काम गर्नेबाट सचेत रहनुपर्ने सन्देश समेत बोकेको बियोगान्त प्रेमकथाको गजल गितलाई म्युजिक भिडियोमा कलाकारहरुले न्याय गरेको देखिन्छ ।