(JAPAN) 19 th December | 2018 | Wednesday | 2:03:41 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:48:41 PM
 

जापानको १५ शहरमा 'छक्का पञ्जा ३' दशैं तिहारको दिन

  POSTED ON : Saturday, 29 September, 2018 | Views : 2459

जापानको १५ शहरमा 'छक्का पञ्जा ३' दशैं तिहारको दिन

टोकियो ।

बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र छक्का पन्जा ३ जापानको १५ शहरमा प्रदर्शन हुने भएको छ ।

जापानको लागि चलचित्रको प्रदर्शनको एकाधिकार आफूहरुले पाएको सूर्य कर्पोरेशनका प्रमूख बासुदेव लामिछानेले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

कम्पनीका प्रमूख लामिछानेका अनुसार जापानभर चलचित्र प्रदर्शनको आधिकारिक स्विकृति कर्पोरेशनले पाएपनि विभिन्न शहरमा व्यक्ति र संघसंस्थाले प्रदर्शन गर्नसक्ने छन् ।

यसका लागि कर्पोरेशनले तोकेको नियमानुसार भने हुनुपर्ने भन्दै लामिछानेले टोकियो, नागोया, ओसाका, फुकुओका, हिरोसिमा, कोबे ओकिनावा लगायत क्षेत्रमा प्रदर्शनको लागि कुरा अघि बढिसकेको जानकारी दिनुभयो । यसैगरि सिजुओखा, गुन्मा, सेन्दाई, फुकुसिमा, निगाता, तोचिगि लगायत अन्य स्थनामा प्रदर्शनको लागि कुराहरु भईरहेको छ ।

यस्तो छ चलचित्र छक्का पञ्जा ३ प्रदर्शनको लागि भन्दै सूर्य कर्पोरेशनले जारी गरेको सूचना


छक्का पन्जा ३ नामक बहुचर्चित नेपाली कथानक चलचित्र अहिले प्रदशनको लागि तय र सम्भावाना गरिएको शहरहरुको खाका तयार गरिए संगै, निम्न अनुशारको Terms & Condition लाई आधार मान्ने कर्पोरेसको योजना छ ।

१,अहिले सुर्य कर्पोरेसनले छक्का पन्जा ३ को जापानको लागि आधिकारिक प्रदशनको स्वीकृति लिइसकेको र अन्य प्रान्तमा आधिकारिक प्रदशनको लागि मिति, समय र स्थान लगाएत थप कुराको बारेमा सम्पर्क गर्न सकिने मिति आजैको दिनबाट सुचारू गरेको छ ।

तसर्थ तय गरिएको सहरहरुमा प्रदशन गर्न इच्छुक व्यक्तिले थप जानकारीको लागि तलको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

२, प्रदशनको स्थान, मिति,समय र अनुमानित दर्शक शंख्या पहिले तोकिनु पर्ने छ । 

३, प्रचारमा लाग्ने टिकट, चिरासी र पोस्टर सबैको डिजाईन सुर्य कर्पोरेसनले गर्ने छ । तर प्रिन्ट दोश्रो पक्षले गर्नुपर्नेछ ।

४, तय गरिएको सहरहरुमा प्रदशन गर्न इच्छुक व्यक्तिले थप जानकारीको लागि तलको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

५, पहिला सम्पर्क गर्नुहुनेलाई प्राथमिकता दिईनेछ । र सम्पर्क भएपनि Agreement नभए सम्मको लागि आधिकारिक रुपमा मान्यता रहने छैन । 

६, जापानभर टिकटको मुल्य एउटै ( २५०० जापानि एेन ) रहनेछ ।उक्त मुल्य भन्दा बढि मुल्यमा बिक्री बितरण गराईने छैन । 

७, चलचित्रको प्रदर्शनको अधिकारको लागि टोकियो- पहिलो स्थान- नागोया, ओशाका र फुकुओका - दोश्रो स्थान, र अन्य शहरलाई तेश्रो स्थान गरि लागतलाई पनि यहि तिन तबरबाट तय गरिएको बुजिएको छ ।

८, चलचित्र अनिवार्य हलमा प्रदर्शन गरिनु पर्नेछ । रेस्टोरेन्ट वा अन्य स्थानको प्रदर्शनमा रोक लगाईएको हुंदा त्यस सम्बन्धि जिज्ञासा वा सम्भावनाको आशा भएमा कर्पोरेसन संग सम्पर्क गर्न सकिनेछ । 

९, चलचित्र प्रदशनसंग सम्बन्धित मिडिया कभरेज कर्पोरेसनले राष्र्टिय तथा अन्तराष्ट्रीय तहमा आफ्नै हिसाबले पनि गर्नेछ ।

१०, लागत रकमको ५० प्रतिशत Agreement को समयमा  अग्रिम भुक्तानी र बांकी रकम प्रदशन १ हप्ता अगाडी भुक्तानी गर्नु पर्नेछ ।

११, चलचित्र अक्टोबरको १५ देखि डिसेम्बर १५ सम्म को बिचमा प्रदर्शन गर्न सकिनेछ ।

१२, चलचित्रको ब्यानरमा Present By Surya corporation र Organizer by ABC company रहनेगरी हुनेछ । 

१३, चलचित्र प्रदर्शनका लागि ABC company ले स्वतह स्फूर्त Sponsor संकलन गर्न सकिनेछ । जसमा Surya corporation ko अधिकार रहने छैन । 

अहिले प्रदशनको लागि तय र सम्भाबित प्रान्त र शहरहरुको नामावलि र अनुमानित दर्शकहरु निम्न अनुसार छन ।


१    टोकियो - दर्शक - ५०० जना - 
२    नागोया  - दर्शक - ३०० जना - 
३    ओसाका - दर्शक - ३०० जना - 
४     फ़ुकुओका - दर्शक - ३०० जना - 
५     ओकिनावा - दर्शक - २०० जना - 
६     कोबे - दर्शक - २०० जना - 
७    सिजुओका - दर्शक - २०० जना - 
८     निगाता - दर्शक - २०० जना - 
९     तोचिगी - दर्शक - २०० जना - 
१०    गुन्मा- दर्शक - २०० जना - 
११    सेन्दाई - दर्शक - २०० जना - 
१२    फुकुसिमा - दर्शक - २०० जना - 
१३   चिबा - दर्शक - २०० जना - 
१४   योकोहामा - दर्शक - २०० जना - 
१५   हिरोसिमा - दर्शक - २०० जना - 

सम्पर्क - 
सुर्य कर्पोरेसन लिमिटेड 
फोन नम्बर ०३-६२६५-९४४५,फ्याक्स ०३-६२६५-९४४६, ०८०-९८०५-२००८, ०८०-९०५५-८२८१, ०८०-६८९०-४०१७, ०८०-४०९५-७१०१
०८०-५९५१-११२२