(JAPAN) 17 th October | 2018 | Wednesday | 4:28:01 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 1:13:01 PM
 

परदेशिएका नेपालीको कहानी 'रित्तो काख' भिडियोमा

  POSTED ON : Monday, 24 September, 2018 | Views : 1299

परदेशिएका नेपालीको कहानी 'रित्तो काख' भिडियोमा

टोकियो ।

परदेश गएका नेपाली युवाहरुको कथा र कहानीलाई समेटेर परदेशी युवा गायक सूर्य खड्काले जापानबाटै गित रित्तो काख सार्वजनिक गरेका छन् ।

परदेशिएका नेपालीहरुका परिवारमा कमाउन गएका सन्तान गुमाउँदाको पिडा र बेदनालाई समेटेर चर्चित गितकार शिव अखेलिले तयार पारेको शब्द रचनामा संगित गायक सूर्य खड्काले भरेका हुन् । गितमा गायक खड्कासँगै रिना केसी र निर्मला क्षेत्रीको हृदयविदारक आवाज सुन्न सकिन्छ ।

बिनोद बाजुरालीले एरेन्ज गरेको गितको मर्मस्पर्शी भावलाई भिडियोमा अभिनय गर्दै महेन्द्र गौतम, रमा थपलिया, विपेश घिमिरे र शंकर केसीले जिवन्तता दिएका छन् ।

दुर्गा पौडेलको छायाँकन र निर्देशन रहेको भिडियोलाई नबिन घर्तीले सम्पादन गरेका हुन् ।

भिडियोलाई गायक सूर्य खड्काले आफ्नै आधिकारिक युट्युव एकाउन्टबाट सार्वजनिक गरेका छन् ।

भिडियो हेर्नुहोस्