(JAPAN) 25 th September | 2018 | Tuesday | 4:21:54 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 1:06:54 AM
 

बर्षको सर्वोत्कृष्ठ चलचित्र ‘छक्का पञ्जा २’ ‘ए मेरो हजुर २’, ‘शत्रु गते’, ‘म यस्तो गीत गाउँछु’ कि ‘कृ’ ? नतिजा १६ तारिख टोकियोमा

  POSTED ON : Thursday, 13 September, 2018 | Views : 128

बर्षको सर्वोत्कृष्ठ चलचित्र ‘छक्का पञ्जा २’  ‘ए मेरो हजुर २’, ‘शत्रु गते’, ‘म यस्तो गीत गाउँछु’ कि ‘कृ’ ? नतिजा १६ तारिख टोकियोमा

टोकियो ।

गत बर्ष प्रदर्शनमा आएका लोकप्रिय चलचित्रको अग्रपंतिमा पाँच चलचित्र देखिएका छन् । जसमा छक्का पञ्जा दुई, सत्रु गते, कृ, म यस्तो गित गाउँछु अनि ए मेरो हजुर २ रहेका छन् ।

तर यि पाँच चलचित्र मध्येपनि सर्वोत्कृष्ठ चलचित्र कुन हो त ? अहिलेसम्म अनुत्तरित यसको जवाफ यही सेप्टेम्बर १६ तारिख जापानको टोकियोमा मिल्ने भएको छ ।

सुर्य कर्पोरेशनले आयोजना गरेको बहुप्रतिक्षित सूर्य ईन्टरनेशनल अवार्डको लोकप्रिय चलचित्र सूचिमा परेका पाँचै चलचित्र अहिले भोटिगं प्रतिस्पर्धामा छन् ।

आफुलाई मन परेका उत्कृष्ठ पाँच चलचित्र मध्ये सर्वोत्कृष्ठ चयन गर्ने क्रममा भोटिङ प्रक्रियाले तिब्रता पाईरहँदा अवार्ड आयोजनाको तयारी समेत अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।

विश्वकै महंगो अनि व्यस्त शहर जापानको टोकियोमा यही सेप्टेम्बर १६ मा हुने अवार्ड कार्यक्रममा मनोनयनमा परेकामध्ये धेरै भोट पाउने चलचित्रले अवार्ड पाउनेछ ।

अनलाईन मार्फत गुगल तथा सामाजिक सञ्जाल मार्फत लगईन गरेर निशुल्क भोट गर्न पाईने भएकाले विश्वभरबाट भोटिङ गर्नेक्रम बढेको पाईएको छ ।

स्वतन्त्र र निश्पक्ष रुपमा जसले बढी भोट पाउँछ सोही चलचित्र सर्वोत्कृष्ठ ठहरिने भएकाले सबैले आफुलाई मनपरेको चलचित्रलाई विश्वभरबाट भोट दिन पाउनेछन् ।

https://suryainternationalawards.com/nominees/filmy-awards/best-film




सूर्य कर्पोरेशनका निर्देशक बासुदेव लामिछानेका अनुसार १५ तारिख मध्यरात भोटिङ बन्द हुने भएकाले त्यसअघि मात्र सर्वोत्कृष्ठ चलचित्र सहित ६ बिधाका अन्य ११ शिर्षकमा नोमिनिजमा परेका श्रष्टा र कलाकारलाई मतदान गर्न सकिनेछ ।

विशेष हांस्य व्यंग्य, गायन अनि तृत्य सहितको सांस्कृतिक कार्यक्रम हुने अवार्ड वितरण समारोहमा नेपालबाट ४ दर्जन बढी कलकारकारहरु जापान आउँदैछन् ।

कार्यक्रमको लागि नेपाल र जापानमा तयारि अन्तिम चरणमा पुगेको आयोजक संस्था सुर्य कर्पोरेशनले जनाएको छ ।

अनलाईन भोटिंगको लागि लिंक

https://suryainternationalawards.com/

अनलाईन टिकटको लागि लिंक

https://suryacorpo.com/online-ticketing/