(JAPAN) 21 st November | 2018 | Wednesday | 2:51:13 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:36:13 PM
 

सुर्य ईन्टरनेशनल सर्वश्रेष्ठ सह-अभिनेता अवार्ड दौडमा केदार, बुद्धि, सलोन सँगै अनुज र प्रशान्त (भिडियो सहित)

  POSTED ON : Wednesday, 12 September, 2018 | Views : 212

सुर्य ईन्टरनेशनल सर्वश्रेष्ठ सह-अभिनेता अवार्ड दौडमा केदार, बुद्धि, सलोन सँगै अनुज र प्रशान्त (भिडियो सहित)

टोकियो ।

बहुप्रतिक्षित सुर्य ईन्टरनेशनल अवार्ड वेष्ट एक्टर सपोर्टिगं रोल मेलको लागि हाँस्य कलाकार र चलचित्र अभिनेताहरुबिच कडा प्रतिस्पर्धा सुरु भएको छ ।

अवार्ड छिनोफानो हुन केही दिन मात्र बाँकी रहँदा सुर्य कर्पोरेशनले आयोजना गरेको प्रथम सुर्य ईन्टरनेशनल अवार्ड २०१८ वेष्ट एक्टर सपोर्टिगं रोल मेल अर्थात् सर्वश्रेष्ठ सह अभिनेता पुरुषको भूमिकामा रहेका कलाकारहरुलाई भोट गर्ने क्रमले तिब्रता पाएको छ ।

लोकप्रिय हांस्य कलाकार 'माग्ने बुढा' अर्थात् केदार घिमिरे सुपरहिट चलचित्र 'छक्का पञ्जा दुई'बाट अवार्ड नोमिनिजमा पर्दा अर्का हांस्य कलाकार 'हैट' थेगोले परिचित बुद्धि तामागं 'नेप्टे' चलचित्रबाट अवार्ड दौडमा प्रतिस्पर्धामा छन् ।

यसैगरि युवा चक्लेटी नायकको रुपमा समेत चिनिएका सलोन बस्नेत अवार्ड नोमिनिजको अन्तिम पाँचमा चलचित्र 'ए मेरो हजुर-दुई' बाट परेका छन् ।

अवार्ड दौडमा अभिनेता अनुज विक्रम शाहि लोकप्रिय चलचित्र 'कृ' बाट चयन भएकोमा प्रशान्त ताम्राकार सफल चलचित्र 'ऐश्वर्य' बाट अन्तिम पाँचमा पर्न सफल भएका हुन् ।

अवार्ड आयोजकले पाँचैजना कलाकार मध्ये एउटा ईन्टरनेट आईडिबाट एकजनालाई मात्र भोट दिन पाईने व्यवस्था मिलाईएको छ जुन मौका सेप्टेम्बर १५ तारिख शनिवारसम्म मात्र खुल्ला रहनेछ ।

जापानमा पहिलो पटक हुन लागेको यस अवार्डको निर्णय अनलाईन भोटिगंका आधारमा सबैभन्दा बढी मत पाउने अर्थात् निश्पक्षहरुमा जसले बढी मत पाउँछ उसैले अवार्ड पाउनेछ । 

पाँचैजना लोकप्रिय कलाकारलाई बिजयी बनाउन समय घर्कंदै गएपछि समर्थकहरुले सामाजिक सञ्जाल तथा गुगल एकाउण्ट मार्फत मतदान गर्ने प्रक्रियालाई तिब्रता दिएको पाईएको छ ।

आयोजकले दिएको जानकारी अनुसार जति दिन कम हुँदै गएको छ भोटिगं हुनेक्रम त्यतिनै बढेको छ । मन परेका आफ्ना प्रिय कलाकारलाई अनलाईन मार्फत निशुल्क भोटिंग गरेर बिजयी बनाउन सकिने सहज सुविधाकै कारण नोमिनिजमा परेका कलाकारका फ्यान फलोअरहरुले यसलाई व्यापक बनाउँदै लगेका छन् ।

सुर्य ईन्टरनेशनल सर्वश्रेष्ठ सह अभिनेता अवार्डको लागि भोटिंग गर्न तलको लिंकमा क्लिक गर्न सक्नुहुनेछ

https://suryainternationalawards.com/nominees/filmy-awards/best-actor-supporting-role-male

चलचित्र र संगीतका ६र६ विधामा गरि कुल १२ शिर्षकमा सेप्टेम्बर १६ तारिखका राजधानी टोकियोमा भव्य कार्यक्रमका बिच अवार्ड वितरण गरिंदैछ ।

विश्वकै महंगो र व्यस्त शहर जापानको राजधानी टोकियोमा १६ तारिख आईतबारका दिन साँझ ६ बजे अवार्ड वितरणको कार्यक्रम सुरु हुनेछ । टोकियोको नाकानोमा रहेको नाकानो जेरोहलको भव्य हलमा हुने अवार्ड वितरण कार्यक्रममा नेपालबाट ४ दर्जन बढी चर्चीत अनि लोकप्रिय कलाकारहरु पहिलो पटक जापानमा स्टेजमा प्रस्तुत हुँदैछन् ।

विशेष सांगितिक कार्यक्रम सहित आयोजना गर्न लागिएको अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रशारण सगरमाथा टेलिभिजनले गर्ने भएको छ ।

कार्यक्रममा सहभागी हुन चाहने महानुभावले सुर्यकर्पोडटकममा गएर अनलाईन टिकट बुकिगं गराउन सकिने व्यवस्था रहेको भन्दै आयोजकले टिकट सिमित संख्यामा मात्र बाँकी रहेकाले जतिसक्दो छिटो आफ्नो टिकट बुकिंग गराउन अनुरोध गरेको छ ।