(JAPAN) 21 st November | 2018 | Wednesday | 3:27:16 AM
(Nepal) 21 st November | 2018 | Wednesday | 12:12:16 AM
 

सुर्य ईन्टरनेशनल उत्कृष्ठ लोकगायिका अवार्डमा देवी, सम्झना, मुना, रमिला र ज्योतिबिच प्रतिस्पर्धा

  POSTED ON : Tuesday, 11 September, 2018 | Views : 768

सुर्य ईन्टरनेशनल उत्कृष्ठ लोकगायिका अवार्डमा देवी, सम्झना, मुना, रमिला र ज्योतिबिच प्रतिस्पर्धा

टोकियो ।

नेपाली लोक गितको क्षेत्रमा ज्योति मगर सँधै चर्चामा रहन्छिन्, देवी घर्तीमगर नेपाली मौलिक लोकगित गायनले चिनिंदा, मुना थापामगर आफ्ना लोकप्रिय गित तथा सम्झना मगर एवं रमिला न्यौपाने निन्तर नेपाली लोकगित संगितमा लागिरहेका चर्चीत गायिकामा पर्छन् । तर बर्षको उत्कृष्ठ गायिका को हो त ? यसको टुंगो भने यही सेप्टेम्बर १६ तारिखमा लाग्ने भएको छ ।

सुर्य ईन्टरनेशनल अवार्डको वेष्ट फोल्क सिंगर फिमेल अर्थात् उत्कृष्ठ लोक गायन महिला विधाको अन्तिम प्रतिस्पर्धामा रहेका पाँचैजना गायिका मध्ये सर्वोत्कृष्ठ चयन हुन मात्र केही दिन बाँकी छ ।

गायिका ज्योति मगर उनको चर्चीत अनि नेपाली संगित बजारमा शब्द चयनका हिसाबले सनसनी मच्चाएको गित घण्डा बजाउँछुबाट नोमिनिजमा पर्दा गायिका रमिला न्यौपाने लोकप्रिय गित सलल मै बगी आउँलाबाट अन्तिम पाँचमा पर्न सफल भएकी हुन् ।

अनलाईनबाट भोटिगं गर्ने दिन सकिंदै जाँदा गायिका सम्झना मगर लोकप्रिय गित सलल मयाँ मार्फत उत्कृष्ठ लोक गायिका दौडमा देखिएकी छिन् ।

जसमा मुना थापामगर हरेक पलमा तिम्रै बोलको गित तथा देवी घर्तीमगर चोली तुनाले लोक गित मार्फत अवार्ड हातपार्ने अन्तिम भिडन्तमा रहेका छन् ।

सुर्य ईन्टरनेशनल अवार्ड २०१८ बेष्ट फोल्क सिंगर फिमेल अर्थात् उत्कृष्ठ लोक गायन महिला उपाधि भिडन्तमा रहेका पाँचैजना गायिकाहरुलाई यही सेप्टेम्बर १५ तारिखसम्म अनलाईन मार्फत मत दिन सकिनेछ ।

मन परेको गित तथा गायिका चयन गरेर लोकगित संगित मन पराउने पारखी तथा गायिकाहरुका फ्यान फलोअरहरुबाट प्राप्त भोटकै आधारमा यही सेप्टेम्बर १६ तारिखमा जापानको राजधानी टोकियोमा हुने सुर्य ईन्टरनेशनल अवार्ड वितरण कार्यक्रममा बर्षको उत्कृष्ठ लोक गायिकाको टुंगो लाग्नेछ ।

निशुल्क अनलाइन भोटिङमार्फत निश्पक्ष रुपमा जसले बढी भोट पाउँछ उहि विजेता छानिने भएकाले जो सुकैले गुगल तथा सामाजिक सञ्जाल मार्फत लगईन गरेर मनपरेका गायिकालाई भोट दिन सक्नेछन् । भोट दिनको लागि तलको लिंकमा क्लिक गर्न सकिने छ ।

https://suryainternationalawards.com/nominees/music-awards/folk-singer-female

सुर्य कर्पोरेशनले जापानमै पहिलो पटक आयोजना गरेको सुर्य ईन्टरनेशनल अवार्ड २०१८ सेप्टेम्बर १६ तारिक आईतबार साँझ ६ बजेबाट टोकियोको नाकानो जेरो हलमा हुँदैछ ।

बिशेष सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिने भएको अवार्ड वितरण कार्यक्रममा नेपालबाट लोकप्रिय कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य सहित ५० बढी लोकप्रिय नेपाली चलचित्र र गितसंगितका मुर्धन्य व्यक्ति र श्रष्टाहरु जापान आउँदैछन् ।