(JAPAN) 21 st November | 2018 | Wednesday | 3:03:20 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:48:20 PM
 

को बन्छ बर्षको उत्कृष्ठ लोक गायक ? सुर्य ईन्टरनेशनल अवार्ड भिडन्तमा नविन, रमेशराज, खुमन, रामजी र प्रकाश

  POSTED ON : Tuesday, 11 September, 2018 | Views : 211

को बन्छ बर्षको उत्कृष्ठ लोक गायक ? सुर्य ईन्टरनेशनल अवार्ड भिडन्तमा नविन, रमेशराज, खुमन, रामजी र प्रकाश

टोकियो ।

सुर्य ईन्टरनेशनल अवार्ड उत्कृष्ठ लोक गायक उपाधिको लागि चर्चीत गायकहरु रमेशराज, नविन, खुमन, रामजी र प्रकाशबिच अन्तिम प्रतिस्पर्धा सुरु भएको छ ।

सुर्य ईन्टरनेशनल अवार्ड २०१८ बेष्ट फोल्क सिंगर अर्थात् उत्कृष्ठ लोक गायक उपाधि भिडन्तमा रहेका चर्चीत गायक नविन पौडेल बैंश आको छोरी गितबाट नोमिनिजमा पर्दा रमेशराज भट्टराई उनको चर्चीत गित पोख्रेलीकी छोरीबाट अन्तिम पाँचमा पर्न सफल भएका हुन् ।

यसैगरि लोकप्रिय गायक खुमन अधिकारी जी थापेर बोल बोलको रमाईलो गितबाट अवार्ड दौडमा अघि रहँदा रामजी खाँड लोकप्रिय गित राम्रो नी छैन म बाट प्रतिस्पर्धामा चयन भएका हुन् ।

जसमा प्रकाश कटुवाल छेकेन जामाले बोलको गितबाट उपाधि भिडन्तमा रहेका छन् ।

यही सेप्टेम्वर १ बाट सूर्य ईन्टरनेशनल अवार्डको भोटिगं प्रकृया सुरु भएकोमा १५ तारिखसम्म मन परेका गायकलाई अनलाईन मार्फत भोट दिन सकिन्छ ।

https://suryainternationalawards.com/nominees/music-awards/folk-singer-male

भोटकै आधारमा यही सेप्टेम्बर १६ तारिखमा जापानको राजधानी टोकियोमा हुने सुर्य ईन्टरनेशनल अवार्ड वितरण कार्यक्रममा बर्षको उत्कृष्ठ लोक गायक छिनोफानो हुनेछ ।

अवार्ड मनोनयनमा परेका पाँच गायक मध्ये सबैभन्दा धेरै भोट पाउने गायकले नै अवार्ड पाउने भएकाले लोकगित प्रेमी तथा गायकहरुका आ आफ्ना समर्थकहरुले भोटिगं गर्ने कामलाई तिब्रता दिएका छन् ।

निशुल्क अनलाइन भोटिङमार्फत विजेता छानिने भएकाले जो सुकैले गुगल तथा सामाजिक सञ्जाल मार्फत लगईन गरेर मनपरेका गायकलाई भोट दिन सक्नेछन्

नेपाली चलचित्र र संगितको अन्र्तराष्ट्रिय बजार विस्तार र प्रचार गर्ने यस महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन नेपाल सरकार सुचना तथा संचार मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल चलचित्र विकास बोर्ड लगायत सरकारी निकायहरु सहित दर्जनौं सघंसंस्थाहरुले सहयोग र सहकार्य गरेका छन् ।

सुर्य कर्पोरेशनले जापानमै पहिलो पटक आयोजना गरेको सुर्य ईन्टरनेशनल अवार्ड २०१८ यही सेप्टेम्बर १६ तारिक आईतबार साँझ ६ बजेबाट टोकियोको नाकानोमा रहेको नाकानो जेरो हलमा हुँदैछ ।

बृहत् सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिन लागेको अवार्ड वितरण कार्यक्रममा नेपालबाट ५० बढी लोकप्रिय नेपाली चलचित्र र गितसंगितका मुर्धन्य व्यक्ति र श्रष्टाहरु आउने भएका छन् ।

अवार्डमा विधागतरुपमा लोकप्रिय चलचित्र, नायक, नायिका, सह अभिनेता महिला र सहअभिनेता पुरुषका साथै संगीततर्फ लोक, पप र आधुनिक गायक र गायिकाहरुको छुट्टा छुट्टै उपाधि रहेका छन् ।