(JAPAN) 21 st November | 2018 | Wednesday | 3:02:33 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:47:33 PM
 

बर्षको उत्कृष्ठ आधुनिक गायिका अवार्डमा मेलिना, अन्जु, रिता, टिका र श्रृजना अन्तिम दौडमा (भिडियो सहित)

  POSTED ON : Sunday, 09 September, 2018 | Views : 2809

बर्षको उत्कृष्ठ आधुनिक गायिका अवार्डमा मेलिना, अन्जु, रिता, टिका र श्रृजना अन्तिम दौडमा (भिडियो सहित)

टोकियो ।

बर्षको उत्कृष्ठ वेष्ट मोडर्न सिंगर अवार्डको लागि अन्तिम पाँचमा पर्न सफल लोकप्रिय पाँच गायिका बिच कडा प्रतिस्पर्धा सुरु भएको छ ।

सुर्य ईन्टरनेशनल अवार्ड अन्र्तगत वेष्ट मोडर्न सिंगर अर्थात् उत्कृष्ठ आधुनिक गायिका अवार्डको लागि लोकप्रिय गायिकाहरु अन्जु पन्त, मेलिना राई, रिता केसी, टिका प्रशाई र श्रृजना खत्री बिच कडा प्रतिस्पर्धा चलेको हो ।

लोकप्रिय गायिका अन्जु पन्त 'छुट्यौ भने रुनु पर्ला' बोलको गितबाट नोमिनिजमा पर्दा अर्का चर्चीत गायिका मेलिना राई 'गाउँकि गोरी' गितबाट नोमिनिजमा पर्न सफल भएकी हुन् ।

प्रतिस्पर्धाको होडमा 'मुटु चुडिन्छ भने' गितबाट रिता केसी अवार्ड प्रतिस्पर्धामा अघि रहँदा टिका प्रशाई 'नाई मलाई था छैन' गितबाट आफुलाई अब्बल सावित गर्दै उपाधि होडमा रहेकी छिन् ।

छोटो समयमै चर्चा बटुलेकी हाउडेमायाले परिचित अर्कि गायिका श्रृजना खत्री 'लाउरे मायाँ' गितको लोकप्रियतासँगै अवार्ड नोमिनेसमा पर्न सफल भएकी हुन् ।

वेष्ट मोडर्न सिंगर अवार्ड उपाधिका लागि अनलाईन भोटिगंका आधारमा सबैभन्दा बढी मत पाउने बिजयी हुने भएकाले यि पाँचै गायिकामध्ये को उत्कृष्ठ भन्ने टुंगो समर्थक तथा आफ्ना फ्यानहरुले गर्ने भोटले नै टुंगो लगाउनेछ ।

पाँचैजना नेपाली गित संगितमा चर्चामा रहेको बेलामा नोमिनिजमा पर्दा अनलाईन भोटिगंको समय केही दिनमात्र बाँकी रहँदा भोटगर्ने क्रमबढेको छ भने प्रतिस्पर्धापनि चुलिएको छ ।

सामाजिक सञ्जाल तथा गुगल एकाउण्ट मार्फत मतदान गर्न सकिने व्यवस्था रहेको प्रतिस्पर्धामा बर्षको उत्कृष्ठ आधुनिक गायिकाको टुंगो उनीहरुका आफ्ना फ्यानले गर्ने भोटिगंले टुंगो लगाउनेछ ।

सुर्य कर्पोरेशन लिमिटेडको प्रस्तुतीमा जापानमा पहिलो पटक हुन लागेको सुर्य ईन्टरनेशनल अवार्ड २०१८ मा गितसंगितसँगै चलचित्रका समेत गरि ६/६ विधामा गरि कुल १२ अवार्ड वितरण हुँदैछ ।

सेप्टेम्बर १ तारिखबाट खुल्ला गरिएको अनलाईन भोटिङ यही सेप्टेम्बर १५ तारिखसम्म जारी रहनेछ ।

विश्वभरीबाट अनलाईन तथा सामाजिक सञ्जाल मार्फत आफुलाई मनपरेका गायक गायिकासँगै, कलाकार तथा नायक नायिकाहरुलाई भोटिङ गर्न सकिने व्यवस्था सहित भोटिङकै आधारमा पपुलर अवार्ड समेत वितरण गरिने भएको छ ।

आयोजक संस्था सुर्य ईन्टरनेशनलका प्रमुख बासुदेव लामिछानेका अनुसार अनलाईन भोटिङको आधारमा बढी भोट पाउनेले अवार्ड पाउने भएकाले अवार्ड कार्यक्रम निस्पक्ष र पारदर्शी हुनेछ ।

यही सेप्टेम्बर १६ तारिख आईतबारका दिन साँझ ६ बजे राजधानी टोकियोको नाकानोमा रहेको नाकानो जेरोहलमा हुने भव्य अवार्ड वितरण कार्यक्रममा नेपालबाट ५२ जना लोकप्रिय कलाकर्मीहरु जापान आउँदैछन् ।

अवार्ड वितरण कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले सुर्यकर्पोडटकममा गएर अनलाईन टिकट बुकिगं गराउन सकिने व्यवस्था आयोजकले मिलाएको छ ।