(Japan) 29 th March | 2024 | Friday | 5:57:47 PM || (Nepal) 2:42:47 PM
 
 


प्रेम र टिकाको दोहोरी घम्साघम्सी 'हुक्का' (भिडियो सहित)

  POSTED ON : Friday, 22 January, 2021 | Views : 5800

प्रेम र टिकाको दोहोरी घम्साघम्सी 'हुक्का' (भिडियो सहित)


टोकियो, जापान ।

गायक प्रेम सापकोटा सोनुले लोकप्रिय लोक दोहोरी गायिका टिका सानुसँगको दोहोरी घम्साघम्सीको नयाँ गीत हुक्का सार्वजनिक गरेका छन् ।

रोधिघरमा भएको मौलिक दोहोरी घम्साघम्सीको शैलीमा गायक सापकोटाले सार्वजनिक गरेको भिडियोमा गायक र गायिका स्वयंलाई देख्न सकिन्छ ।

आफ्नै शब्द र संगीत दिएका सापकोटाको गितमा म्यूजिक एरेन्ज तिलक वलीको रहेको छ ।

भिडियोको निर्देशन स्मिृती तिमिल्सिना तथा सिनेमाटोग्राफी सुरेश श्रेष्ठले गरेका छन् ।  प्रकाश धमलाले दृश्य सम्पादन गरेको भिडियोमा श्याम मल्ल मेकअप आर्टिष्टको रुपमा रहेका छन् ।

भिडियोमा लोकदोहोरी गायक छत्र शाही, शंकर क्षेत्री, बाबुकृष्ण परियार, धनमाया नेपाली, हिमा बिक, बबिन ठकुरी, अस्मिता पुरी, सरस्वती गुरुगं, पुर्णिमा गुरुगं र बिजय बानियाको अभिनय देख्न सकिन्छ ।

लोकदोहोरी गीत हुक्का म्यूजिक भिडियो गायक सापकोटाले आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

गायक प्रेम सापकोटा सोनुले बरमाला, भाईटिका, जाले रुमाल, सेलरोटी पकाउनी लगायत आधा दर्जन बढी लोकप्रिय म्यूजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।

गायक सापकोटाले जापानमा रोजगारीका क्रममा रहेर पनि नेपाली लोक दोहोरी गितसंगित सृजनामा सक्रियता पूर्वक योगदान दिंदै आएका छन् ।