(Japan) 24 th January | 2021 | Sunday | 12:55:37 PM || (Nepal) 9:40:37 AM
 
 


Japansamachar COVID-19 (Coronavirus) World Live Update


Country Confirmed Today Cases Death Today Death Recovered Critical
No Record Found !
More

जापानी अभिनेत्री अशिना मृत फेला, आत्महत्याको आशंका

  POSTED ON : Tuesday, 15 September, 2020 | Views : 798

जापानी अभिनेत्री अशिना मृत फेला, आत्महत्याको आशंका


टोकियो, जापान ।

जापानी अभिनेत्री सेई अशिना सोमबार आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी छिन् ।

जापानी समाचार एजेन्सीहरुका अनुसार अशिनालाई टोकियोस्थित उनको अपार्टमा मृत फेला पारिएको हो ।

प्रहरी अधिकारीहरुले प्रारम्भिक अनुसन्धान अनुसार उनले आत्महत्या गरेको विश्वास गरेका छन् ।

३६ बर्षिय अभिनेत्री अशिना फेसन मोडेलको रूपमा परिचित थिईन् । उनले अभिनय गरेका येई नो साकुरा, एईबा लगायत टेलिभिजन श्रृंखला लोकप्रिय रहेका थिए ।

जापानमा केही महिना यता चलचित्र अभिनेता तथा अभिनेत्री सहित विभिन्न कलाकारहरुको आत्महत्याको घटना सार्वजनिक हुने क्रम बढेको पाईन्छ ।

चार महिना यता जापानमा लगातार कलाकारहरुको आत्महत्याको घटना सार्वजनिक भईरहेको छ ।