(JAPAN) 19 th December | 2018 | Wednesday | 1:49:48 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:34:48 PM
 

जुलाई २२ बिशेष-टोकियो कन्सर्टमा आउँदैछन् रक स्टार 'हिमेश' (भिडियो सहित)

  POSTED ON : Wednesday, 11 July, 2018 | Views : 1672

जुलाई २२ बिशेष-टोकियो कन्सर्टमा आउँदैछन् रक स्टार 'हिमेश' (भिडियो सहित)

गोकर्ण अधिकारी-टोकियो ।

भारतका चर्चीत रक पप स्टार हिमेश रेशमिया पहिलो पटक लाईभ कन्सर्टका लागि जापान आउने भएका छन् ।

रेशमियाको लाईभ कन्सर्ट टोकियोमा हुने खवरसँगै जापानमा रहेका हजारौं भारतीय संगितप्रेमी तथा हिमेशमा फ्यानहरु आफ्ना प्रिय गायकसँगै रमाउन पाउने खवरले उत्साहित देखिएका छन् ।

गायनसँगै गितकार, सगिंतकार, निर्देशन र कुशल अभिनेताको रुपमा समेत परिचित यिनै चर्चीत गायक रेशमियाले जापानमा रहेका आफ्ना फ्यानहरुलाई जुलाई २२ तारिखमा संगितको मजासँगै नचाउने छन् । राजधानी टोकियोको नाकानोमा रहेको नाकानो जेरोहलको भव्य स्टेजमा हजारौं गितसंगित प्रेमीसँगै रेशमियाको सिंगो व्याण्डनै प्रस्तुत हुने भएको छ ।

हिमेश रेशमिया लाईभ इन टोकियो कन्सर्टका लागि आफु आउन लागेको भिडियो सन्देश समेत जारि गरिसकेका रेशमियासँगै उनको सांगितिक व्याण्डका ८ जना सदस्य पनि जापान आउन लागेको कार्यक्रम आयोजक सनराईज प्रोडक्सन्सले जानकारी दिएको छ ।

रेशमियाले एकदर्जन बढी आफ्ना सर्वाधिक लोकप्रिय गित प्रस्तुत गर्ने कन्सर्टमा एक भारतीय नृत्य समुहले नै विशेष नृत्य समेत प्रस्तुत गर्ने भएको छ ।


हिमेश रेशमियाको गितसँगै नृत्यको प्रस्तुत हुने हिमेश रेशमिया लाईभ इन टोकियोलाई स्मरणीय र भव्य बनाउन लाईट सिस्टम सहित साउण्ड सिस्टमको विशेष व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

सक्सेस एब्रोड स्टडीसँगको सहकार्यमा सनराईज प्रोडक्सनले आयोजना गर्न लागेको कन्सर्ट यसअघि प्राविधिक कारणले स्थगित हुन पुग्दा सयौं दर्शकले टिकट काटेर रद्द गर्नुपरेको थियो ।

रेशमियाको कन्सर्टमा वलिउड डान्स ग्रुप सहेलियाले रेशमियाको गित सहित अन्य केही चर्चित हिन्दी गीतहरुमा विशेष प्रस्तुति देखाउने भएको छ ।

जापानमा पहिलो पटक नेपालीले आयोजना गर्न लागेको वलिउड स्टारको कन्सर्टमा नेपाली र भारतीय दर्शकहरुसँगै पाकिस्तान, बंगलादेश, श्रीलंका, जापान सहित करिव एक दर्जन देशका नागरिकहरुले टिकट बुकिगं गराएको आयोजक सनराईज प्रोडक्सन्स्ले जापानसमाचारडटकमलाई जानकारी दिएको छ ।

सो कन्सर्टको टिकट सनराईज प्रोडक्सन्सको अफिसियल वेव साइट www.sunrisecorpoltd.com बाट खरिद गर्न सकिने आयोजकले जनाएको छ । 



स्टार रेशमियाका स्टारडम गायन देखी अभिनय यात्रा

वेस्टर्न र ईण्डीयन क्लासिकल गितको फ्युजनमा आफ्नै नयाँ स्टाईल थपेर टेक्नो बिटमा गाउने गरेका रेसमिया भारतका चर्चीत युवा गायक हुन् ।

आसिक बनाया आपने, तेरा सुरुर, जारा झुम झुम, झलक दिखलाजा, अन्दाज अपना अपना, साकालाका बुमबुम, हुक्का बार, चलोना नैनो से, तन्दुरी नाईट्स जस्ता सर्वाधिक लोकप्रिय गितका गायक रेसमिया भारतका एकमात्र त्यस्ता गायक हुन् जसले बेलायतको चर्चीत स्टेडियममा कन्सर्ट गर्न सकेका छन् ।

१२ हजार बढी दर्शक क्षमता रहेको बेलायतको वेमब्ले ऐरिना सँगै हेइनेकेन म्युजीक हल आम्सटरडममा भव्य कन्सर्ट गर्ने हालसम्म एकमात्र भारतीय गायक समेत रहेका रेसमिया भारतमा मात्र नभई पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल सहित विश्वभर आफ्ना लाखौं फ्यानहरुमाझ लोकप्रिय छन् ।

गायनसँगै अभिनयमा समेत दख्खल हिमेशको पहिलो सफल चलचित्र आपका सुरुर हो ।



विश्वमै सांगितिक प्रतिस्पर्धा र कार्यक्रम धेरै हुने बताईने भारतको लोकप्रिय सांगितिक प्रतिस्पर्धात्मक कार्यक्रम सारेगमप, म्युजिकका महा मुगाब्ला, सुर क्षेत्र जस्ता कार्यक्रममा निर्णायकको रुपमा समेत रहिसकेका हिमेश रेशमिया भारतीय युवा गायन प्रतिभाका आईडलका रुपमा समेत चिनिन्छन् ।

विश्वविख्यात पप गायक माईकल ज्याक्सनको जीवनीमा आधारित चलचित्रमा समेत अभिनय गरेका हिमेश रेशमियाका गितहरु रक, पप र डान्स म्युजिकका भएकाले सँधै सबैजसो सांगितिक माहौल र रमझममा गुञ्जिने गितको रुपमा रहेको पाइन्छ ।

भारतको चर्चीत पुरस्कार फिल्म फेयर अवार्डमा उत्कृष्ठ पाश्र्व गायन अवार्ड जितेका रेशमियाको एउटै गित आशिक बनाया आपनेले स्टार स्क्रिन अवार्ड, आईफा अवार्ड देखी जि सिने अवार्ड सहित एक दर्जन राष्ट्रिय अवार्ड जितेको छ । एउटै सिजनमा धेरै अवार्ड जित्ने यस्तो रेकर्ड भारतमा हालसम्म कुनैपनि गितले बनाउन सकेको छैन ।

गुजराती संगितकार भिपिन रेशमियाका पुत्र हिमेशले पहिलो एल्बम अन्दाज सन् १९९४ मा ल्याएका थिए । त्यसयता हालसम्म ५ वटा मात्र एल्बम ल्याएका हिमेशका छुट्टा छुट्टै गितहरु भने १ सय बढीको संख्यामा आएका छन् ।

जिन्दगी १९९५, तेरा मेरा दिल २००३, आपका सुरुर २००६ र आप से मौसियिकी २०१६ पछिल्लो एल्बम प्रकाशित गरेका हिमेश रेशमियाले करिव १ सय चलचित्रमा म्युजिक डाईरेक्टरको भूमिका निभाई सकेका छन् ।

चारवटा चलचित्रमा प्रोड्युसर तथा तीनवटा चलचित्रको कथा लेखेका हिमेश रेशमियाले पाँच वटा चलचित्रमा ब्याकग्राउण्ड कम्पोज गरिसकेका छन् । 

हालसम्म १० वटा चलचित्रमा सफल अभिनय गरेका हिमेश रेशमियाले भारतको सर्वाधिक हेरिने डेढ दर्जन बढी सांगितिक तथा मनोरञ्जनात्मक टेलिभिजन शो हरुमा काम गरेका छन् जुन सबै लोकप्रिय भएका छन् ।