(JAPAN) 25 th September | 2018 | Tuesday | 4:49:51 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 1:34:51 AM
 

नेपथ्य कन्सर्टलाई टोकियोमा हजारौं नेपालीको ऐतिहाँसिक साथ (भिडियो सहित)

  POSTED ON : Sunday, 08 July, 2018 | Views : 3017

नेपथ्य कन्सर्टलाई टोकियोमा हजारौं नेपालीको ऐतिहाँसिक साथ (भिडियो सहित)

टोकियो ।

नेपाली सांगितिक व्याण्ड नेपथ्यको टोकियो कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ ।

जापानको राजधानी टोकियोमा रहेको टोकियो डोम स्थित टोकियो डोम सिटि हलमा भएको कन्सर्टमा जापानमा रहेका हजारौं नेपालीले साथ दिएका हुन् ।

३ हजार बढी दर्शक क्षमताको हलमा राजधानी टोकियो तथा आसपासका क्षेत्रबाट हजारौं नेपालीहरु उपस्थित भएका थिए ।

अधिकाशं युवा पंक्तिले भरिएको हलमा सभ्य भएर उपस्थित दर्शकहरुले नेपथ्य व्याण्डलाई गित र संगितमा साथ दिंदै नाचगान गरेर रमाईलो लिएका थिए ।

 

गोरेटो प्रोडक्सनको आयोजनामा भव्यरुपमा सम्पन्न भएको कन्सर्टमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुगंले एक दजर्न आफ्ना पुराना तथा नयाँ गितहरु गाएका थिए ।

सुरुदेखीनै गायक गुरुगंको गित र व्याण्डलाई साथ दिएका दर्शकहरु कार्यक्रमको अन्त्यसम्म खचाखच भरिएर रमाएका थिए ।

गायक अमृत गुरुगंले कन्सर्टमा भेँडाको उनजस्तो, कोसिको पानी, आमा, रातो र चन्द्र सुर्य, जोगले हुन्छ भेट, जोमसोमै बजारमा, हामी नेपाली, रेशम जस्ता सदाबहार लोकप्रिय पुराना र नयाँ गितहरु गाएका थिए ।

कार्यक्रममा जापानका लागी नेपाली राजदूत प्रतिभा राणा सहित एनआरएन जापान अध्यक्ष टासी वांग्दी लामा, व्यवसायिहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।