(JAPAN) 15 th August | 2018 | Wednesday | 6:34:59 PM
(Nepal) 15 th August | 2018 | Wednesday | 3:19:34 PM
 

चलचित्र निर्देशक आकाश अधिकारी 'कान्छी' लिएर जापान आइपुगे

Jack Khadka   POSTED ON : Wednesday, 27 June, 2018 | Views : 278

चलचित्र निर्देशक आकाश अधिकारी 'कान्छी' लिएर जापान आइपुगे

ज्याक खड्का  

टोकियो ।

चलचित्र निर्देशक तथा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी 'कान्छि' लिएर जापान आइपुगेका छन् ।

कान्छी अर्थात् स्वेता खड्काद्वारा निर्मित चलचित्र 'कान्छी' जापानमा प्रदर्शनको लागि अधिकारी बुधवार टोकियो आइपुगेका हुन् ।

नेपालमा सफल प्रदर्शन भएको चलचित्र कान्छी जुलाई १ तारिख आईतबारका दिन टोकियो स्थित नाकानो जेरो सिटी हलमा साँझ छ बजेबाट प्रदर्शन हुँदैछ ।

अधिकारीलाई हानेदा ऐयरपोर्टमा कान्छी प्रदर्शन आयोजक समुहका संयोजक दिपेन्द्र पौडेल लगायत आयोजक टिमले स्वागत गरेको थियो ।


कार्यक्रम संयोजक पौडेलले ‘कान्छी’को टोकियो शोको तयारी तथा व्यवस्थापन पुरा भएको जनाउँदै चलचित्रको आधा बढी टिकट विक्रि भइसकेको जनाएको छ ।

चलचित्र प्रदर्शन आयोजक सहित जापान आइपुगेका चलचित्र निर्देशक आकाश अधिकारीले जापानवासी नेपालीहरुसँगै बसेर सामाजिक हितको लागि प्रदर्शन गर्न लागिएको चलचित्र हेर्न उपस्थितिको लागि अनुरोध समेत गरेका छन् ।

जुलाई १ मा कान्छीले जापानबाट नेपालका भुकम्प प्रभावित विद्यालयमा सहयोग गर्ने