(JAPAN) 25 th September | 2018 | Tuesday | 5:04:39 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 1:49:39 AM
 

नेपाली कला र कलाकर्मीको सम्मानमा आयोजित 'सुर्य ईन्टरनेशनल अवार्ड' मनोनयन सार्वजनिक (भिडियो सहित)

  POSTED ON : Wednesday, 27 June, 2018 | Views : 881

नेपाली कला र कलाकर्मीको सम्मानमा आयोजित 'सुर्य ईन्टरनेशनल अवार्ड' मनोनयन सार्वजनिक (भिडियो सहित)

टोकियो ।

जापानमा पहिलो पटक आयोजना गर्न लागिएको 'सुर्य ईन्टरनेशनल अवार्ड २०१८' को १२ बिधामा मनोनयनमा परेका चलचित्र, कलाकार तथा गायक गायिकाहरुको नाम सार्वजनिक भएको छ ।

नेपालमा राजधानी काठमाडौंको पाँचतारे र्याडीसन होटलमा भव्यरुपमा आयोजित कार्यक्रममा मनोनयनमा परेका सहित दर्जनौं वरिष्ठ कलाकारहरुको उपस्थितिमा नोमिनेसनमा परेका नामहरु सार्वजनिक गरिएको हो ।

नोमिनेसनका लागि आवेदन दिएका मध्ये अवार्ड नोमिनेसन चयन कमिटिले लोकप्रियता, व्यापार, गुणस्तरीयता तथा क्षमताको आधारमा विधागत रुपमा मनोनयनमा परेका नामहरु सार्वजनिक गरेको बताईएको छ ।


सुर्य ईन्टरनेशनल अवार्डका लागि मनोनयनमा परेका विधाहरु मध्ये ‘उत्कृष्ट फिल्म’ विधामा ‘छक्का पञ्जा २’, ‘ए मेरो हजुर २’, ‘शत्रु गते’, ‘म यस्तो गीत गाउँछु’ र ‘कृ’ मनोनयमा पर्न सफल भएका छन् ।

नायकतर्फ अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का र दयाहाङ राईबीच भोटिङ प्रतिस्पर्धा हुँदा लोकप्रिय नायिकाको विधामा साम्राज्ञी राज्यलक्ष्मी शाह, श्वेता खड्का, पूजा शर्मा, शिल्पा पोखरेल र निता ढुंगाना भिड्ने भएका छन् ।

जसमा ‘उत्कृष्ट अभिनेता’ विधामा चलचित्रगत रुपमा हेर्दा फिल्म ‘कृ’बाट अनमोल केसी, ‘म यस्तो गीत गाउँछु’बाट पल शाह, ‘लिलिबिली’बाट प्रदिप खड्का,  ‘मंगलम’बाट पुष्पल खड्का र ‘घामपानी’बाट दयाहाङ राई मनोनयनमा पर्न सफल भएका हुन् ।


यसैगरि उत्कृष्ठ अभिनेत्रीतर्फ ‘ए मेरो हजुर २’बाट साम्राज्ञी राज्य लक्ष्मी शाह, ‘म यस्तो गीत गाउँछु’बाट पुजा शर्मा, ‘कान्छी’बाट श्वेता खड्का, ‘मंगलम्’बाट  शिल्पा पोखरेल र ‘पञ्चायत’बाट नीता ढुंगाना मनोनयनमा परेकी हुन् ।

१२ विधाको मनोनयनमा ‘उत्कृष्ट निर्देशक’ विधामा  ‘ए मेरो हजुर २’बाट झरना थापा, ‘शत्रु गते’बाट प्रदिप भट्टराई, ‘ ‘छक्का पन्जा २’बाट दीपाश्री निरौला’,म यस्तो गीत गाउँछु’बाट सुदर्शन थापा र ‘लिलीबिली’बाट मिलन चाम्स छन् ।

अवार्डमा विधागत लोकप्रिय फिल्म, नायक, नायिका, सहकलाकार महिला र पुरुषका साथै संगीततर्फ लोक, पप र आधुनिक गायकरगायिका रहेका छन् । 

फिल्म तथा गीत संगीत विधातर्फ प्रदान गरिने अवार्डमा पपगीतमा पुरुषतर्फ सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, कालीप्रसाद बास्कोटा र हिमाल सागर मनोनयनमा छन् ।


त्यसैगरि गायिकातर्फ इन्दिरा जोशी, अमृता लिम्बू, मिलन अमात्य, एन्जिला रेग्मी र रबिना थापा छन् ।

त्यस्तै आधुनिकतर्फ गायकमा प्रमोद खरेल, शिव परियार, रामकृष्ण ढकाल, हेमन्त शर्मा र राजेश पायल राई बिच प्रतिस्पर्धा हुने भएको छ । गायिकामा अन्जु पन्त, मेलिना राई, रिता केसी, टिका प्रसाई र सिर्जना खत्री अवार्डका लागि छानिएका छन्।

लोक गायकतर्फ  खुमन अधिकारी, रामजी खाँड र प्रकाश कटुवाल, नविन पौडेल, रमेश राज भट्टराई तथा गायिकातर्फ देवी घर्ती मगर, ज्योति मगर देखी रमिला न्यौपाने, सम्झना मगर र मुना थापा रहेका छन् ।


उत्कृष्ट पाँचमा परेकाहरुलाई विश्वभरीबाट अनलाइन भोटिङ गर्न सकिने छ । अनलाइन भोटिङ भएकाले यसको लागि कुनै शुल्क लाग्नेछैन ।

नेपाली चलचित्र तथा गित संगितको विश्वबजार प्रवद्र्धनमा टेवा पुर्याउने उदेश्य सहित अवार्ड आयोजना गरिएको बताउँदै आयोजक सुर्य ईन्टरटेनमेन्टका प्रमुख बासुदेव लामिछानेले बृहत सांस्कृतिक कार्यक्रम सहित आयोजना हुन लागेको ऐतिहाँसिक 'सुर्य ईन्टरनेशनल अवार्ड २०१८' भव्य बनाउन नेपाल तथा जापानमा रहेका सबैबाट पाइरहेको सहयोगको लागि नोमिनेसन कार्यक्रममा एक भिडियो सन्देश मार्फत धन्यवाद व्यक्त गर्नुभएको थियो ।


भदौ ३१ गते राजधानी टोकियोको नाकानो जेरो हलमा ५ दर्जन नेपाली कलाकारहरुको जमघटमा भव्यरुपमा कार्यक्रम आयोजनाको तयारी र व्यवस्थापनको काम भइरहेको सुर्य ईन्टरनेशनलका प्रमूख लामिछानेले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

'सुर्य ईन्टरनेशनल अवार्ड' नोमिनेशन दर्ता आज अन्तिम दिन

सुर्य ईन्टरनेशनल अवार्ड नोमिनेशन दर्ता खुल्ला, जापानमा नेपाली चलचित्र र संगीतको ऐतिहाँसिक अवार्ड यस्तो हुँनेछ