(JAPAN) 17 th October | 2018 | Wednesday | 4:38:46 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 1:23:46 PM
 

'सुर्य ईन्टरनेशनल अवार्ड' नोमिनेशन दर्ता आज अन्तिम दिन

  POSTED ON : Thursday, 14 June, 2018 | Views : 965

'सुर्य ईन्टरनेशनल अवार्ड' नोमिनेशन दर्ता आज अन्तिम दिन

टोकियो ।

नेपाली चलचित्र र गित संगितको सम्मानमा जापानमा आयोजना गर्न लागिएको पहिलो सुर्य ईन्टरनेशनल अवार्डको लागि नोमिनेशन दर्ता गर्ने मिति आज सकिने भएको छ ।

जुन ७ तारिखबाट खुल्ला गरिएको अवार्ड नोमिनेशनको फारम दर्ता जुन १४ तारिख आज सकिने आयोजक संस्था सुर्य कर्पोरेशनका प्रमुख बासुदेव लामिछानेले जापानसमाचार डटकमलाई जानकारी दिनुभयो ।

लामिछानेका अनुसार आजसम्ममा विक्रम संवत् २०७४ सालभर प्रदर्शन भएका चलचित्र तथा सार्वजनीक भएका गीतसंगितको नोमिनेशन दर्ता गरिनेछ ।

नोमिनेशनका लागि दर्ता भएका सबै विवरणहरुलाई चेकजाँच गरेर यही जुन २३ तारिखका दिन काठमाडौंको र्याडीसन होटलमा पत्रकार सम्मेलन गरेर नोमिनेशनमा परेकाहरुको नतिजा सार्वजनिक गरिने भएको छ ।

नेपाली चलचित्र र संगीतमा गरि कुल १२ बिधामा वितरण गर्न लागिएको अवार्डको आयोजना जापानको राजधानी टोकियोमा सेप्टेम्बर १६ तारिख अर्थात् नेपाली मिति अनुसार २०७५ साल भदौ ३१ गते आयोजना हुनेछ ।

यो पनि पढ्नुहोस्

सुर्य ईन्टरनेशनल अवार्ड नोमिनेशन दर्ता खुल्ला, जापानमा नेपाली चलचित्र र संगीतको ऐतिहाँसिक अवार्ड यस्तो हुँनेछ