(Japan) 29 th March | 2024 | Friday | 2:34:48 PM || (Nepal) 11:19:48 AM
 
 


'एक मायाँ देशको लागि' पछि 'टोक्यो शहरमा' देखा परे राजिव (भिडियो सहित)

  POSTED ON : Thursday, 07 June, 2018 | Views : 6510

'एक मायाँ देशको लागि' पछि 'टोक्यो शहरमा' देखा परे राजिव (भिडियो सहित)


टोकियो ।

'वन लभ फर द नेशन...' अर्थात् एक मायाँ देशको लागि बोलको लोकप्रिय गीतपछि गायक राजिव लामाले जापानमै रहेर नयाँ गित 'टोक्यो शहरमा' सार्वजनिक गरेका छन् ।

एक दशक बढी समयदेखी जापानमा रहँदै आएका राजिवले तेस्रो गीतको रुपमा टोक्यो सहरमा म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

आनजी शेर्पाको साथमा भिडियोमा आफैं देखा परेका राजिवको अभिनय रहेको भिडियोलाई विशेष पाण्डेले छायांकन गरेका हुन् ।

आफ्नै गीत, संगीत र स्वरमा इडिएम शैलिको टोक्यो शहरमा बोलको गीतमा जापानको पर्यटकीय तथा महत्वपूर्ण ठाउँको दृश्यहरु कैद गरिएको छ ।



आफ्नो प्रियसीलाई भेट्न जापान आएको प्रेमीको अभिव्यक्तिलाई शब्दमा उतारेर संगीत भरेका राजिवको यो गीत हेर्न तलको लिंकमा क्लिक गर्नसक्नुहुनेछ ।


प्रवासबाट राजिबको 'एक मायाँ देशको लागि...' (भिडियो सहित)