(JAPAN) 19 th June | 2018 | Tuesday | 12:23:38 PM
(Nepal) 19 th June | 2018 | Tuesday | 9:08:13 AM
 

टोकियोमा कोहलपुर एक्सप्रेस भन्दा सिम्पल केकी र बोल्ड प्रियंकाको चर्चा (भिडियो अन्तरर्वार्ता सहित)

  POSTED ON : Monday, 04 June, 2018 | Views : 4629

टोकियोमा कोहलपुर एक्सप्रेस भन्दा सिम्पल केकी र बोल्ड प्रियंकाको चर्चा (भिडियो अन्तरर्वार्ता सहित)

गोकर्ण अधिकारी-टोकियो ।

जापानमा चलचित्र कोहलपुर एक्सप्रेस चलचित्र प्रदर्शनपछि चलचित्र भन्दा नायिकाद्धय केकी अधिकारी र प्रियंका कार्कीको चर्चा बढी रह्यो ।

जापान आउने खवरसँगै चुलिएको चर्चा बिमानस्थल स्वागत, पत्रकार सम्मेलन हुँदै चलचित्र घरमा गएर प्रकट भयो ।

यसका दुई कारण मध्ये पहिलो दुवै लोकप्रिय अभिनेत्री हुन् भने दोस्रो चाहिँ निर्माताको रुपमा यसै चलचित्रबाट उदाएकी केकी सिम्पल डिम्पल रुपमा देखा पर्दा प्रियंका कार्की बोल्ड अवतार देखा पर्नु ।

चलचित्र प्रदर्शन भएको टोकियो स्थित नाकानो जेरो हलमा साँझ सवा ६ बजे आइपुगेका नायिकाद्धयलाई आयोकजले रातो कार्पेट राखेर खादा र फुलले स्वागत गर्दा उपस्थित दर्शकहरुको हुटिंग पनि राम्रै देखिन्थ्यो ।

नेपाली परिवेश अनुसार सुहाउँदिलो आकाशे रंगको पहिरनमा खुलेकी केकी मुस्कुराउँदै हल भित्र छिर्दा दर्शकहरुको मायाँ र सद्भावलाई सम्वोधन गर्दै हात हल्लाउँदै थिइन् । सँगै रहेकी नायिका प्रियंका कार्की रातो पहिरनमा बोल्ड अवतारमा उत्रंदा धेरैको आँखा केहीबेर उनिमा टक्क अडेको देखिन्थ्यो ।


'थ्रि पिस' भनिने शरिरको माथिल्लो भागमा वान पिस ब्रा, सहित तल्लो भागमा 'टु पिस' ड्रेसअपमा सजिएर देखा परेकी प्रियंका रातो रंगको कपडामा रातै भएर देखा परेकी थिइन् ।

हट अवतारमा पुरै रातो पहिरनमा देखिएकी प्रियंकाको शरिरको पछिल्लो भाग ढाड र कम्मर भन्दा केही  माथिल्लो भागमा खोपिएको टाटु समेत प्रस्ट देखिन्थ्यो ।

जसले उनलाई सुन्दरतामा 'सेक्सी' भनिने शब्द थपेर उत्तेजक अवतारमा देखाएको थियो ।


अझ त्यो भन्दा बढी उनले लगाएको कपडाले मेसो नपाएर भनौं वा सम्हाल्न कठिन भएर उनको छातीको केही भाग छोप्न खोज्दा खोज्दै खुल्न पुगे जस्तो देखिंदा उनी कुनै अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा उपस्थित स्टारडम मोडल वा नायिकाहरुजस्तै सेक्सी रुपमा देखिन पुगेकी थिइन् ।

जसले देशभित्र वा अन्य त्यस्ता कार्यक्रममा उपस्थिति देखिएको भए समाचारको राम्रै खुराक बनाउने निश्चित थियो ।

चलचित्र सुभारम्भ अघि सामान्य सम्वोधनमा केकी अधिकारीले दर्शक र आयोजकलाई धन्यवाद दिंदा प्रियंकाले पनि उस्तै आशयमा जापानमा रहेका नेपालीहरुलाई धन्यवाद दिंदै हलसम्म उपस्थित भएका दर्शकहरुप्रति आभार प्रकट गरिन् ।

परदेशमा रहेका नेपालीहरुबाट पाएको मायाँ, साथ र हौसलाका लागि दुवै जनाले दर्शकहरुलाई धन्यवाद व्यक्त गरे ।


चितवनमा रहेका चेपांग बालबालिकाहरुको लागि सहयोग जुटाउने सामाजिक उदेश्य समेत राखेर प्रदर्शन गरिएको चलचित्र कोहलपुर एक्सप्रेस टोकिएको सफल प्रदर्शनपछि जापानका अन्य शहरहरुमा प्रदर्शनको लागि जाने भएको छ ।

कोहलपुर एक्सप्रेसले जापान यात्रा जारी राखेपनि टोकियो यात्रामा आएका नायिकाद्धय केकी र प्रियंका भने ४ दिने बसाई सकेर नेपाल फर्कनेछन् ।