(JAPAN) 15 th August | 2018 | Wednesday | 6:36:35 PM
(Nepal) 15 th August | 2018 | Wednesday | 3:21:10 PM
 

केकी अधिकारी र प्रियंका कार्कीको जापानमा भव्य स्वागत, भोली चलचित्र कोहलपुर एक्सप्रेस विशेष प्रदर्शन

  POSTED ON : Saturday, 02 June, 2018 | Views : 6279

केकी अधिकारी र प्रियंका कार्कीको जापानमा भव्य स्वागत, भोली चलचित्र कोहलपुर एक्सप्रेस विशेष प्रदर्शन

टोकियो ।

चलचित्र कोहलपुर एक्सप्रेसको प्रिमियर शो मा सहभागी हुन नायिका केकी अधिकारी र प्रियंका कार्की जापान आइपुगेका छन् ।

चलचित्रका दुई मुख्य नायिकालाई जापानमा आयोजक संस्थाका पदाधिकारीहरुले भव्य स्वागत गरेका छन् । नायिकाद्धय केकी र प्रियंकासँगै बसेर चलचित्र कोहलपुर एक्सप्रेस हेर्न पाइने भएपछि दुई दिन यता चलचित्रको २ सय बढी टिकट बिक्रि भएको बुझिएको छ ।

जापानमा रहेका नेपाली दर्शकहरुसँगै बसेर कोहलपुर एक्सप्रेस हेर्ने र आफ्नो पहिलो निर्माणमा बनेको चलचित्रको प्रतिक्रिया समेत बटुल्ने भन्दै चलचित्रमा मुख्य नायिकाको रुपमा समेत अभिनय गरेकी केकी अधिकारी र अर्की नायिका प्रियंका कार्कीले नेपालबाटै एक भिडियो सन्देश जारी गरेका थिए ।

नायिकाद्धय केकी र प्रियंका जापान आउनेभएपछि जापानमा चर्चाको विषय बनिरहेको चलचित्र कोहलपुर एक्सप्रेस टोकियो स्थित नाकानो जिरो हलमा भोली आईतबार साँझ पर्दशन हुँदैछ ।

नेपालमा पाँचौं हप्तामा विभिन्न चलचित्र घरहरुमा भव्य पर्दशन भइरहेको चलचित्र कोहलपुर एक्सप्रेस  भोली साँझ ६ बजे विशेष कार्यक्रमका बिच भव्य प्रदर्शन हुँदैछ ।

केकी र प्रियंकाको उपस्थितिमा जापानमा कोहलपुर एक्सप्रेसको विशेष प्रदर्शन तयारी (भिडियो सहित)

चलचित्रको अधिकाशं टिकट विक्रि भइसकेको चलचित्र प्रदर्शन गर्न लागेको डेस्टिनी क्रियशनले जानकारी दिएको छ । चलचित्रको केही संख्यामा मात्र टिकट बाँकी रहेकाले समयमै टिकट बुकिगं गर्न आयोजकले सबैमा जानकारी समेत गराएको छ ।



ऊँ शान्ती ऊँ इन्टरटेनमेन्टको प्रस्तुतीमा जापानमा विशेष प्रदर्शन हुन लागेको चलचित्र कोहलपुर एक्सप्रेस डार्क कमेडी जनरामा बनेको चलचित्र हो ।

ऊँ शान्ती ऊँ इन्टरटेनमेन्टका प्रमुख ईश्वर श्रेष्ठका अनुसार भोली टोकियोको नाकोना जिरो हलमा पहिलो प्रदर्शन पछि चलचित्र फुकुओका, नायोगा, ओसाका, सिजोका लगायत १२ शहरहरुमा प्रदर्शन हुने तय भएको छ ।

नेपाली चलचित्रमा सर्वाधिक रुचाइएका लोकप्रिय दुई नायिकाको उपस्थिति हुनेभएपनि चलचित्र प्रदर्शन भव्य हुने ठानिएको छ ।

नायिका केकी अधिकारीले पहिलो पटक निर्माण गरेको चलचित्र कोहलपुर एकसप्रेसलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।

चलचित्रलाई भद्र बहादुर शाही, देवी लाल न्यौपाने र शिव प्रशाद चौलागाईंले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।

चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतको मुख्य भूमिका रहेको छ ।

चलचित्रको छायाङ्कन अर्जुन तिवारीले र सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।

चलचित्रको सर्वाधिक चर्चा र लोकप्रिय भइरहेको गित सिओ डब्लु काउ बोलको गीतमा राजनराज शिवाकोटीले रचना दिएका छन् भने संगीत र स्वर राजनराज र मेलिना राईको रहेको छ । लोक, पप र आधुनिक फ्लेबरमा मिश्रण भएको गितमा नायिकाद्धय सहित रीमा विश्वकर्माको उत्कृष्ठ अभिनय रहेको छ ।