(JAPAN) 19 th September | 2019 | Thursday | 5:52:10 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:37:10 PM
 

जापानमा पहिलोपटक नेपाली चलचित्र र संगितको अन्तरार्ष्ट्रिय अवार्ड आयोजना हुँदै

  POSTED ON : Saturday, 26 May, 2018 | Views : 1177

जापानमा पहिलोपटक नेपाली चलचित्र र संगितको अन्तरार्ष्ट्रिय अवार्ड आयोजना हुँदै


टोकियो ।

जापानमा नेपाली चलचित्र र संगित क्षेत्रको पहिलो अन्र्तराष्ट्रिय अवार्ड कार्यक्रम आयोजना हुने भएको छ ।

विभिन्न देशमा नेपाली चलचित्र र संगित क्षेत्रको विविधि विधामा हुँदै आएको अवार्ड कार्यक्रम जापानमा पहिलो पटक सुर्य कर्पोरेशनले आयोजना गर्ने भएको छ ।

इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनि सुर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड शो आयोजना गर्ने भएको हो ।

पहिलोपटक नेपालबाट १२ विधामा अवार्ड आयोजना गरेर दर्जनौं लोकप्रिय पुराना र नयाँ कलाकारहरु बोलाएर भव्य कार्यक्रमको आयोजना गर्न लागेको सुर्य कर्पोरेशनले कार्यक्रमबारेको पहिलो पोस्टर सार्वजनिक गरेको छ ।

पहिलो पटक एउटै स्टेजमा चलचित्र, गायन, हांस्य सहित नृत्यका हस्तिहरुको सहभागीतामा बेजोड प्रस्तुती सहित कार्यक्रम गर्ने आन्तरिक गृहकार्य सकेर कार्यक्रमबारे जानकारी सार्वजनिक गरिएको सुर्य कर्पोरेशनका प्रमुख बासुदेव लामिछानेले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो । 

विश्वकै महंगो र व्यस्त शहर टोकियोमा आयोजना हुने अवार्ड कार्यक्रमको नाम सुर्य इन्टरनेशनल अवार्ड राखिएको छ । चलचित्र र संगीतमा गरि १२ विधामा ५/५ नोमिनेशनमा अनलाईन भोटिंगका आधारमा उत्कृष्ठ व्यक्ति र रचनालाई सुर्य इन्टरनेशनल अवार्डबाट सम्मान गरिने बताईएको छ ।

सन् २०१९ को सेप्टेम्बर १६ तारिखमा नाकानो जेरो हलको भव्य हलमा अवार्ड कार्यक्रम आयोजना हुने भएको छ ।

छिट्टै पत्रकार सम्मेलन गरेर अवार्ड विधा तथा पुरस्कार राशि सहित मुख्य अतिधिहरु आउने बारेको जानकारी सार्वजनिक गर्ने बताएको सुर्य कर्पोरेशनले जापानका तीन मुख्य शहरमा हालै मात्र गोल्डेन विक साकुरा नाईट ३ भव्य रुपमा सम्पन्न गरेको थियो ।

‪सुर्य कर्पोरेशनले लियो जापानमा 'छक्का पन्जा-३' चलचित्र प्रदर्शनको एकाधिकार 

साकुरा नाईटको तेस्रो श्रृंखला टोकियो, नागोया र ओशाकामा भव्य रुपमा सम्पन्न

टोकियो साकुरा नाईटमा हाँसो, नृत्य र गायनको बेजोड प्रस्तुती (भिडियो सहित)