(JAPAN) 26 th September | 2018 | Wednesday | 3:40:21 AM
(Nepal) 26 th September | 2018 | Wednesday | 12:25:21 AM
 

साकुरा नाईट को तेस्रो श्रृंखला टोकियो, नागोया र ओशाकामा भव्यरुमा सम्पन्न

  POSTED ON : Wednesday, 16 May, 2018 | Views : 302

साकुरा नाईट को तेस्रो श्रृंखला टोकियो, नागोया र ओशाकामा भव्यरुमा सम्पन्न

टोकियो ।

लोकप्रिय आधुनिक गायक हेमन्त शर्मा, पप गायक कमल खत्रि, लोक गायक मिलन लामा, आधुनिक गायिका मिलन अमात्य, लोकप्रिय हांस्यकलाकार सन्दिप क्षेत्रि सहित क्षेत्रिय कलाकारहरुको समेत सहभागीतामा साकुरा नाईटको तेस्रो श्रृंखला जापानमा भव्य रुपमा सम्पन्न भएको छ ।

सञ्चारकर्मी नरेश भट्टराईको सञ्चालनमा भएको ‘’साकुरा नाईटमा ३’’ को तीनवटै कार्यक्रममा रिवन काटेर समुद्घाटन गरे लगत्तै सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेर कार्यक्रम शुभारम्भ गरेका थिए ।

नेपालको राष्ट्रिय गानबाट सुरुभएको टोकियोको कार्यक्रममा बाल कलाकार दिव्या नेपालले पहिलो नृत्य प्रस्तुति प्रस्तुत गरेकि थिईन । ओपचारिक कार्यक्रममा रविन शर्माले उद्घोषण गरे पश्चात सुर्य कर्पोरेसनका ब्राण्ड एम्बेसडर समेत रहेका नरेश भट्टराईको उदघोषणमा सम्पुर्ण कार्यक्रम सञ्चालन भएको थियो ।

सूर्य कर्पोरेशनले विगत ३ वर्षदेखि ‘साकुरा नाईट’ आयोजना हुँदै आएको छ । त्यसै अनुसार यस पटक तेस्रो वर्षमा साकुरा नाईट ३ नाम दिइएको थियो ।

कार्यक्रमबाट उठेको रकमको मुनाफा मानवसेवा आश्रमलाई सहयोग गर्ने सूर्य कर्पोरेशनका अध्यक्ष बाशुदेव लामिछानेले यसअघिनै बताइसकेका छन् ।

आयोजकले गत वर्षको कार्यक्रमको मुनाफाबाट १ लाख ११ हजार १११ रुपैयाँ मानव सेवा आश्रमलाई सहयोग गरेको थियो । साथै यस वर्ष कार्यक्रमकै विच चितवनको चेपांग बालबालिका सहयोगार्थ छुट्टै ३० हजार एेन समेत सहयोग गरेको थियो ।

टोकियोमा मे ३ तारिख, नागोयामा मे ४ तारिख, ओशाकामा मे ५ तारिखमा भव्य कार्यक्रम आयोजना भएको थियो भने मे ६ तारीक सायोनारा साकुरा नामक नाम दिई भव्य बिदाई सहितको सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

टोकियोको कार्यक्रमको मेनेजमेन्टको ज़िम्मा एवन ईन्टरटेनमेन्टले पाएको थियो भने नागोया र ओशाकामा क्रमस एनआरएनए नागोया र नेपोलिएन गाईजको मेनेजमेन्टमा भएको थियो ।

साकुरा नाइट ३ का सम्पुर्ण कलाकार जापान आएलगत्तै टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । तीन वर्षदेखी सुर्य कर्पोरेशनले जापानमा हुने सप्ताहव्यापी बिदा अर्थात् गोल्डेन विकमा साकुरा नाईट कार्यक्रम गर्दै आएको छ । कर्पोरेशनका निर्देशक बासुदेव लामिछानेले आगामी बर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिने भन्दै समाजसेवा र मनोरञ्जनलाई एकसाथ अघि बढाउने बताउनुभयो ।