(Japan) 29 th January | 2020 | Wednesday | 5:12:09 AM || (Nepal) 1:57:09 AM
 
 

नयाँ बर्षमा गिनिज वर्ल्ड रेकर्डर चेवागंको साथमा डिजे डान्स पार्टी

  POSTED ON : Tuesday, 31 December, 2019 | Views : 148

नयाँ बर्षमा गिनिज वर्ल्ड रेकर्डर चेवागंको साथमा डिजे डान्स पार्टी


टोकियो, काठमाडौं ।

सन् २०२० सुरुवातको अवसरमा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल डिजे चेवागं शेर्पाको साथमा डिजे डान्स पार्टी हुने भएको छ ।

अँग्रेजी नयाँ बर्षको अवसरमा यही जनवरी ३ तारिखको दिनमा रोधि क्लव सिनओकुबोमा साँझ चार बजेबाट पार्टी सुरु हुने भएको छ ।

मात्र २ हजार येनमा दुईवटा पेय पदार्थ सहितको डिजे पार्टीमा डिजे चेवागं सहित डिजे रेशमको पनी प्रस्तुती रहनेछ ।

टोकियो ईन्टरटेनमेन्टको आयोजनामा भएको डिजे पार्टीलाई हिकारी कम्पनीले प्रायोजन गरेको हो भने रोधि क्लव शिनओकुबोको सह प्रायोजन रहेको छ ।

टोकियोवासी सबै नेपालीहरुमा डिजे पार्टीमा उपस्थितिको लागि अनुरोध गर्दै आयोजक टोकियो ईन्टरटेनमेन्टका संयोजक रेशम तामागंले विश्व रेकर्ड राख्न सफल डिजेको साथमा रमाईलो गर्ने अवसर नछुटाउन आग्रह समेत गर्नुभयो ।