(Japan) 29 th January | 2020 | Wednesday | 6:04:30 AM || (Nepal) 2:49:30 AM
 
 

र्‍यापर भिटेन र विवेक वाईवाको फेब्रुवरी २३ मा टोकियोमा लाईभ कन्सर्ट

Gokarna Adhikari   POSTED ON : Friday, 27 December, 2019 | Views : 1112

र्‍यापर भिटेन र विवेक वाईवाको फेब्रुवरी २३ मा टोकियोमा लाईभ कन्सर्ट


टोकियो, जापान ।

चर्चित र्‍यापर भिटेन र गायक बिवेक वाईबा लामाले आगामी फेब्रुवरी २३ मा टोकियोवासी नेपालीहरुलाई सांगितिक माहौलमा नचाउने भएका छन् ।

युवा पुस्ताका दुई चर्चित गायकहरुलाई टोकियोवासी नेपालीमाझ ईभेन्ट अर्गनाईजर माझ दाजु भाईले ल्याउन लागेको हो ।

राजधानी टोकियोको चर्चित शिन्जुकु खाबुकिचोमा रहेको भव्य वाईप क्लवमा कार्यक्रम हुन लागेको आयोजक संस्थाका सदस्य पुजन लामाले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

१५ सय बढी व्यक्तिले एकसाथ मनोरञ्जन लिनसक्ने क्षमता रहेको भव्य कन्सर्ट हल वाईप क्लव अत्याधुनिक साउण्ड सिस्टमको व्यवस्था रहेको डिस्को क्लब हो ।

लाईभ कन्सर्टमा नेपालबाट भिटेन र विवेक वाईबा लामा आउनेछन् भने जापानमा रहेका स्थानिय युवा प्रतिभाहरुले समेत आफ्नो प्रस्तुती देखाउने भएको आयोजक संस्था दाजुभाईका सदस्य पुजन लामाले जानकारी दिनुभयो ।

लाईभ कन्सर्ट हेर्न चाहनेहरुको लागि अग्रिम टिकट लिएका ३ हजार येन तोकिएको छ भने कार्यक्रम स्थलमा लिंदा ३५ सय येन लाग्नेछ । भिआईपी तर्फ विशेष टिकटको मुल्य भने एक मान येन तोकिएको छ ।

टिकट अग्रिम बुकिगं गराउन चाहनेले पोस्टरमा रहेको फोन नम्वरहरुमा सम्पर्क गर्न सक्ने आयोजक संस्था दाजुभाईका अर्का सदस्य सचिन श्रेष्ठले जानकारी दिनुभयो ।

भिटेन र विवेकको लाईभ कन्सर्ट टोकियो सहित जापानको अन्य मुख्य शहरहरुमा समेत हुने भएको छ ।

तत्कालको लागि नागोया, फुकुओका र ओसाकामा कन्सर्ट हुने तय भएको तर मिति र स्थान तय हुने क्रममा रहेको श्रेष्ठको भनाई छ ।

दुई महिना अघि गीतको शब्द अश्लिल भएको भन्दै पक्राउ गरिएपछि भिटेनका नामले परिचित र्यापर समिर घिसिगं त्यसयता झनै चर्चित बनेका छन् ।

विश्वभर छरिएर रहेका युवा माझ आफ्नो फरक शैलीको हिपहप र र्याप गितसंगितकै कारण परिचित भिटेनको एकदर्जन बढी गीत युवापुस्तामाझ चर्चित छन् ।

विवेक वाईवा लामा भ्वाईस अफ नेपालको पहिलो सिजनमा अन्तिम १० भित्र परेका रकपप स्टार हुन् ।

र्‍याप र हिपहप सँगै रक पप गायनका दुई युवा गायकको उपस्थितिले टोकियो र आसपासमा रहेका युवाहरुलाई पूर्ण मनोरञ्जन प्रदान गर्ने आयोजकको विश्वास छ ।

एक बर्षअघि र्यापर भिटेन टोकियो आउँदा उनको सांगितिक कन्सर्टमा विना प्रचारप्रसारनै छोटो अवधिमै ४ सय बढी युवायुवतीहरुको भिड लागेको थियो ।

उक्त समयमा आयोजकलाई युवा भिडलाई थाम्न हम्मे हम्मे परेकोमा यसपटक भने युवा पुस्ताका दुई चर्चित गायकको उपस्थितिले माहौल झनै तताउने देखिएको छ । जसलाई सभ्य रुपमा भव्यताका साथ सम्पन्न गर्न आयोजकले समयमै ध्यान पुर्याउनुपर्ने देखिन्छ ।