(Japan) 29 th January | 2020 | Wednesday | 6:06:00 AM || (Nepal) 2:51:00 AM
 
 

लालिगुँरास सहकारीले गायक रामकृष्ण ढकाल र निलमको सम्बन्ध विच्छेद गरायो

  POSTED ON : Thursday, 26 December, 2019 | Views : 812

लालिगुँरास सहकारीले गायक रामकृष्ण ढकाल र निलमको सम्बन्ध विच्छेद गरायो


काठमाडौँ, नेपाल ।

लालिगुँरास सहकारीको ऋणका कारण बढेको पारिवारिक विवादले चर्चित गायक रामकृष्ण ढकालको पत्नी निलम शाहसँग सम्बन्ध विच्छेद भएको छ ।

रामकृष्ण र निलमले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन् । मंगलबार निलमले अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी निवदेन दिएकी थिइन् ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार उनीहरु कानुनी रुपमा नै अलग हुन सहमत भएका हुन्। न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार पेस भएको निवदेनउपर सुनुवाई गर्दै दुवैलाई सहमतिमा अलग हुने फैसला सुनाएको हो। निलमले मंगलबार निवदेन दिएपछि बुधबार रामकृष्णले पनि आफू सम्बन्ध विच्छेद गर्न सहमत भएको अदालतलाई बताएका थिए।

श्रेस्तेदार श्रेष्ठका अनुसार दम्पतिकी छोरी आमा निलमसँगै रहनेछन्। निलमले ढकालबाट अंश नलिने अदालतसामू बताएको पनि श्रेष्ठले जानकारी दिए ।

लालिगुराँस सहकारीसँगको ऋणसम्बन्धि मुद्दाका कारण पारिवारिक विवाद निम्त्याएको ढकला दम्पत्तिमा केही समयदेखि तनाव बढाउँदै लगेको थियो ।