(Japan) 29 th January | 2020 | Wednesday | 6:21:01 AM || (Nepal) 3:06:01 AM
 
 

नागोयामा पहिलो पटक लास्सोको आयोजनामा फिल्मि म्युजिकल कन्सर्ट

  POSTED ON : Thursday, 19 December, 2019 | Views : 414

नागोयामा पहिलो पटक लास्सोको आयोजनामा फिल्मि म्युजिकल कन्सर्ट


नागोया, जापान ।

लास्सो एभरेष्ट ईन्टरनेशनलको आयोजनामा जापानको नागोयामा पहिलो पटक नेपाली चलचित्र प्रदर्शन सहित सांगितिक धमाका हुने भएको छ ।

चलचित्र सरौतो प्रदर्शन हुने कार्यक्रममा कलाकारद्धय सुमी मोक्तान र क्याप्टेन विजय लामा उपस्थित हुने तय हुँदा अन्य आधा दर्जन लोकप्रिय कलाकार समेत नागोया आउने भएका छन् ।

अँग्रेजी नयाँ बर्ष सन् २०२० को अवसर पारेर जनवरी ४ तारिखका दिन नागोया सिटि पर्फमिगं आर्ट सेन्टरको भव्य हलमा कार्यक्रम हुने भएको छ । 

सुमि सन् २०१२ को ‘मिस तामाङ’ विजेता सहित सन् २०१३ को ‘मिस नेपाल’को अन्तिम पाँच प्रतिस्पर्धी समेत हुन् ।

हरि हुमागाईंको निर्देशन रहेको चलचित्र सरौतोमा सुमीसँगै क्याप्टेन तथा कलाकार बिजय लामा, सन्नी सिंह, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, सम्पदा दाहाल, अरुणा कार्की लगायत लोकप्रिय कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र प्रदर्शन पछि द ब्रदर्श समुहको बेजोड सांगितिक प्रस्तुतीसँगै डिजे सुस्यागं र साथीहरुको सांगितिक प्रस्तुती रहने भएको छ ।

कार्यक्रम आयोजक संस्थाका राजिव लामाका अनुसार चलचित्र सहित सांगितिक कार्यक्रमको लागि टिकट मुल्य मात्र ३ हजार जापानी येन तोकिएको छ ।

अपरान्ह २:३० बजेबाट चलचित्र प्रदर्शन र चलचित्रपछि सांगितिक धमाका हुने कार्यक्रमको लागि नागोयावासी नेपालीहरुको उत्साहजनक टिकट बुकिगं सहित सहयोगले उत्साहित भएको आयोजकले जनाएको छ ।