(Japan) 26 th February | 2020 | Wednesday | 4:47:04 PM || (Nepal) 1:32:04 PM
 
 

तमु धी द्धारा जनवरी ४ मा ल्होसार साँझ तथा रजत जयन्ती आयोजना, शर्मिला र सञ्जीव टोकियो आउँदै

Sajina Moktan   POSTED ON : Wednesday, 18 December, 2019 | Views : 354

तमु धी द्धारा जनवरी ४ मा ल्होसार साँझ तथा रजत जयन्ती आयोजना, शर्मिला र सञ्जीव टोकियो आउँदै


टोकियो, जापान ।

जापानको सक्रिय संस्था तमु धी जापानले ल्होसार साँझ तथा रजत जयन्ति आगामी जनवरी ४ तारिखमा गर्ने भएको छ ।

२५ औं लोसार साँझलाई सांस्कृतिक रुपमा भव्य बनाउन आयोजकले लोकप्रिय लोकदोहोरी गायिका शर्मिला गुरुङ र लोक दोहोरी गायक राकेश गुरुङलाई कार्यक्रममा निम्त्याएको छ ।

तमुहरुको मौलिक संस्कृति र परम्परागत नृत्य सहित सांस्कृतिक कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न हङकङबाट पप गायक सन्जिब गुरुङलाई समेत आयोजकले जापान ल्याउने भएको छ ।

सामाजिक कार्यहरुमा सक्रिय संस्था तमु धिंले हरेक वर्ष ल्होसार सहित रोधीं साँझ लगायत आफ्ना महत्वपूर्ण पर्ब र राष्ट्रिय चाडहरुमा कार्यक्रमहरु गर्दै आएको छ ।

कार्यक्रममा द भ्वाईस अफ नेपाल सिजन २ मा नकआउट राउन्ड पुग्न सफल कुमार गुरुङ सहित गायक रुपेश गुरुङ र जापानमा रहेका गायक गायिकहरु सहित अन्य कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका छन् ।

कार्यक्रम राजधाी टोकियोको उएनो ओन्सी पार्कको खुल्ला चौरमा  हुने भएको छ ।

पहिलो पटक खुल्ला स्थानमा आकर्षक रोचक खेलहरु समेत आयोजना गरिने भएको कार्यक्रममा उपस्थितिको लागि आयोजक तमु धिँ जापानले जापानमा रहेका सबै संघसंस्था सहित जापानवासी नेपालीहरुमा अनुरोध समेत गरेको छ ।