(Japan) 26 th February | 2020 | Wednesday | 2:44:02 PM || (Nepal) 11:29:02 AM
 
 

नयाँ म्यूजिक भिडियोमा गायक शाहिल जापानमा मोडल खोज्दै

  POSTED ON : Tuesday, 26 November, 2019 | Views : 503

नयाँ म्यूजिक भिडियोमा गायक शाहिल जापानमा मोडल खोज्दै


टोकियो, जापान ।

गायक शाहिल खड्काले सरिम लाउने गीतको लोकप्रियता सेलाउन नपाउँदै नयाँ गीत ल्याउने भएका छन् ।

लोकप्रिय गायिका मेलिना राई र गायक खड्काको स्वर रहेको गितको म्युजिक भिडियो भने यसपटक जापानमा छायांकन हुने भएको छ ।

त्यो मनमा मेरो लागी, एक पल, कालो कोठी गालैमा, सरिम लाउनी लगायत एक दर्जन लोकप्रिय गितको रचना, संगित र स्वर दिएका शाहिलले नयाँ गितको भिडियो जापानमा तयार पार्ने भएका हुन् ।

जापानलाई कर्मथलो बनाउँदै आएका शाहिलको नयाँ गीतको म्यूजिक भिडियो निर्देशन रोशन कार्कीले गर्ने भएका छन् ।

जापानमा सर्ट मुभी, म्युजिक भिडियो लगायत महत्वपूर्ण कार्यक्रमहरुको भिडियो छायांकनमा परिचित रहेका कार्कीले तीनबर्षपछि गीतको शब्द, भाका र संगीतपछि आफूले नयाँ भिडियोमा काम गर्न लागेको बताए ।

उत्कृष्ठ गीतलाई जीवन्त बनाउनको लागि भिडियो छायांकनको तयारी भईरहेको जानकारी दिंदै कार्कीले गायक खड्का स्वयंको अभिनय रहने म्यूजिक भिडियोमा अभिनयकला भएको मोडल आवश्यकता रहेको समेत जानकारी दिए ।

गीतलाई उकृष्ठ बनाउन गीत संगितसँगै म्यूजिक भिडियोको समेत हात रहने भएकाले क्षमतावान जो कोही महिला मोडलले जापानभित्रबाट डिसेम्बर १ सम्ममा सम्पर्क गर्न भिडियो निर्देशनको जिम्मेवारी पाएका रोशन कार्कीले जानकारी दिए ।

मोडलिगं गर्न ईच्कुक युवतिले नमस्ते टोकियो, भिडियो निर्देशक रोशन कार्की वा शाहिल खड्कालाई सम्पर्क गर्नसक्नेछन् ।

मुन्नीलाई मन पराएका शाहिलको 'सरिम लाउने' भाईरल बन्दै (भिडियो सहित)