(JAPAN) 18 th November | 2019 | Monday | 6:00:30 PM
(Nepal) 18 th November | 2019 | Monday | 2:45:30 PM
 

विश्व टुरिजम फेस्टिवल फर फ्रेण्डसिप एण्ड व्युटी प्रतियोगिताको फिनाले नेपालमा हुने !

  POSTED ON : Monday, 04 November, 2019 | Views : 67

विश्व टुरिजम फेस्टिवल फर फ्रेण्डसिप एण्ड व्युटी प्रतियोगिताको फिनाले नेपालमा हुने !


टोकियो, जापान ।

विश्व टुरिजम फेस्टिवल फर फ्रेण्डसिप एण्ड व्युटी प्रतियोगिताको फाईनल प्रतिस्पर्धा कार्यक्रम नेपालमा गरिने भएको छ ।

जापानको राजधानी टोकियो स्थित निप्पोरिमा सम्पन्न विश्व टुरिजम फेस्टिवल फर फ्रेण्डसिप एण्ड व्युटी प्रतियोगितापछि यस श्रृंखलाको फाईनल प्रतिस्पर्धा नेपालमा गरिने तयारी भएको हो ।

उक्त प्रतियोगितामा नेपालबाट निर्णायको भूमिकामा प्रतिनिधित्व गर्नुभएकी मोहना माथे खनालले दिनुभएको जानकारी अनुसार टोकियोमा भएको प्रतियोगितामा नेपालको पर्यटन बर्ष २०२० को प्रचारप्रसार समेत गरिएको थियो ।

प्रतियोगितामा मिनि मिस टुरिजम वल्ड २०१९ थाईल्याण्डले पाउनुका साथै लिटल मिस टुरिजम वल्ड २०१९ को ताज युक्रेनी प्रतिस्पर्धीले जितेकी थिईन् ।

यसैगरि प्रि टिन टुरिजम वल्ड २०१९ को उपाधि थाईल्याण्डले जित्नुका साथै मिस टिन टुरिजम वल्ड २०१९ को उपाधि दक्षिण अफ्रिकन प्रतिस्पर्धीले जितेकी छिन् ।

प्रतियोगितामा नेपालबाट मर्निगं ग्लोरी ईन्टरटेनमेन्टको तर्फबाट प्रवन्ध निर्देशक तथा वल्ड टुरिजम फेस्टिवलको नेपाल निर्देशक खनाल निर्णायकको रुपमा रहनुभएको थियो ।

प्रतियोगितामा सहभागी नेपालका सुर्योदय स्कुलका विद्यार्थीहरुले नेपालको पर्यटन बर्ष २०२० को प्रचारप्रसार समेत गरेका थिए ।