JAPAN: 13 th December | 2019 | Friday | 7:54:05 PM || Nepal: 4:39:05 PM
 
 

बडा दशैंमा टोकियोमा अक्टोबर ६ मा दशैं शुभकामना साँझ

  POSTED ON : Tuesday, 01 October, 2019 | Views : 551

बडा दशैंमा टोकियोमा अक्टोबर ६ मा दशैं शुभकामना साँझ


टोकियो, जापान ।

जापानमा रहेका नेपालीहरुलाई बडा दशैंको अवसर पारेर मनोरञ्जन प्रदान गर्न यही अक्टोबर महिनाको ६ तारिख दशैं शुभकामना साँझ हुने भएको छ । 

टोक्यो इन्टरटेनमेन्ट सेन्टरको पहिलो प्रस्तुतीको रुपमा दशैँ शुभकामना साँझ कार्यक्रम आयोजना गरिएको हो ।

टोक्यो ईन्टरटेनमेन्टका प्रमुख डिजे रेशमका अनुसार दशैं शुभकामना साँझ शिनओकुबो स्थित टोकियो रोधिमा साँझ हुने भएको छ ।

नेपाली गित संगितको साथमा हुने सांगितिक भेटघाट र नाचगानमा उपस्थित भएर दशैं शुभकामना आदानप्रदान गरि रमाईलो गर्न सबैमा सहभागीताको लागि आयोजकले अनुरोध समेत गरेको छ ।


कार्यक्रम हुने स्थान यस प्रसार रहेको छ

Program Venu Tokyo Lounge And Rodhi Bar Shinokubo Tokyo 16:00-23:00pm October 6, 2019