(JAPAN) 18 th July | 2018 | Wednesday | 9:09:17 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:53:52 AM
 

विचित्र जापान-यस्तो देखियो ६ देखी १८ महिनाका बालबालिकाको सुमो प्रतियोगिता

  POSTED ON : Sunday, 06 May, 2018 | Views : 1341

विचित्र जापान-यस्तो देखियो ६ देखी १८ महिनाका बालबालिकाको सुमो प्रतियोगिता

टोकियो ।

सुमो खेल बारे जानकारी लिंदा जापानको नाम छुटेमा सायद त्यो खेलको जानकारी अपुरो हुनेछ ।

तर सुमो खेलको जननी मानिने देश जापानमा यस्तो सुमो खेलपनि हुन्छ जहाँ रोएर पनि खेल जितिन्छ । अर्थात् जो पहिला रोयो उसैले खेल जित्ने प्रतिस्पर्धा पनि हुने गरेको छ ।

रोएरै जितिने यस्तो प्रतियोगिता भने बालबालिकाबिच हुने गर्दछ । मध्यवर्ती जापान को मात्सुमोतो शहरानमा यस्तै सुमो प्रतियोगिता आयोजना भएको छ ।

५० बढी बालबालिका सहभागी प्रतियोगिता हिजो अर्थात् मे ५ तारिख शनिवारका दिन सम्पन्न भएको छ ।


जापानमा मनाईने बाल दिवसको अवसर पारेर आयोजित प्रतियोगिता गोकोकु श्राइनमा आयोजना गरिएको थियो । तर यो प्रतियोगिताको उदेश्य भने बालबालिकाको स्वास्थ्य र खुशीको लागि प्रार्थना गर्न आयोजना गरिएको आयोजकको भनाई छ ।

बालबालिकाको रोएर जितिने सुमो प्रतियोगितामा ६ देखी १८ महिनाका शिशुहरुलाई सहभागी गराईएको थियो । प्रतिस्पर्धामा सहभागी शिशुहरुलाई रातो कोट लगाइएको थियो ।


सुमो खेल भएको स्थानमा शिशुहरुका अभिभावकहरुले आफ्ना बच्चालाई एकअर्काको अगाडी राखिदिएका थिए । जसमा जुन बच्चा बहिला रोयो उ बिजयी हुन्थ्यो ।

बच्चाहरुलाई रुवाउनको लागि रेफ्रिले चिच्याएर कराउने गर्दथे । जहाँ सहभागीहरुलाई हाँस्नको लागि छुट थियो । एकअर्काको अगाडी राखिएका धेरै शिशुहरु आफुहरुलाई किन राखिएको भन्ने बुझ्दैनथिए ।



यस्तो अवस्थामा धेरैबेर कुनै प्रतिक्रिया नदिइ बसिरहने दुवै शिशुहरुलाई खेलमा बिजयी घोषित नगरी खेल रद्द गरिएको थियो ।