(JAPAN) 18 th November | 2019 | Monday | 6:12:14 PM
(Nepal) 18 th November | 2019 | Monday | 2:57:14 PM
 

जापानमा कबड्डी कबड्डी कबड्डी हाउसफुल, टोकियोपछि चिबा, तोचिगि सहित नारितामा प्रदर्शन हुँदै

  POSTED ON : Friday, 27 September, 2019 | Views : 348

जापानमा कबड्डी कबड्डी कबड्डी हाउसफुल, टोकियोपछि चिबा, तोचिगि सहित नारितामा प्रदर्शन हुँदै


टोकियो, जापान ।

चलचित्र कबड्डी कबड्डी कबड्डीले जापानको टोकियोमा हाउसफुल प्रदर्शन गरेको छ ।

नेपालमा पहिलो साता अधिकाशं हलमा हाउसफुल प्रदर्शन गरेर रेकर्ड बनाएको चलचित्रको टोकियो प्रदर्शनको अधिकाशं टिकट अग्रिम बिक्रि हुँदा हलमा टिकट काट्ने दर्शकहरुले टिकट पाउन समेत हम्मे हम्मे परेको थियो ।

जापानमा चलचित्र प्रदर्शनको अधिकार पाएको टोकियो ड्रिम्सले आफ्ना स्वयंसेवक सहित टिमका सदस्यलाई उभ्याएरै चलचित्र हेर्न आएका दर्शकहरुलाई सिट उपलब्ध गराएको थियो ।

शतप्रतिशत टिकट विक्रि भएर हाउसफुल प्रदर्शन भएको चलचित्र कबड्डी कबड्डी कबड्डीको टोकियो प्रदर्शन भव्यरुपमा सफल भएपछि आयोजकले टोकियोमा दोस्रो शो को समेत योजना बनाएको बताएको छ ।

पुन चलचित्र प्रदर्शनको लागि माग आएकाले योजना बनाएपनि मिति तय नभईसकेको र आगामी साता यसबारेमा जानकारी सार्वजनिक गर्ने टोकियो ड्रिम्सका अन्जु श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल बाहिर पहिलो पटक जापानको टोकियोमा प्रदर्शन भएको चलचित्र नेपालमा दोस्रो हप्तामा प्रदर्शन भईरहेको छ ।

चलचित्र कबड्डी कबड्डी कबड्डी जापानमा टोकियो बाहिर चिबा र तोचिगिमा आगामी अक्टोबर ६ तारिखका दिन प्रदर्शन हुँदैछ ।

चलचित्र प्रदर्शनको दुई साता अघिनै आधा बढी टिकट अग्रिम बुकिगं भईसकेको बताईएको छ ।

चलचित्र हेर्न ईच्छुक सबैमा समयमै अग्रिम टिकट बुकिगं गराउन अनुरोध गर्दै आयोजकले चलचित्र तोकिएको मितिमा समयमै प्रदर्शन हुने भन्दै सबैमा उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।

चलचित्र टोकियो बाहिर चिबा, नारिता, नागोया, तोचिगि, तोयोता लगायत स्थानमा प्रदर्शनको तयारी भईरहेको छ ।

नारितामा अक्टोबर २२ तारिख प्रदर्शन हुने भएको चलचित्र तोचिगि र चिबामा अक्टोबर ६ तारिख प्रदर्शन हुने तय भएको छ ।

कबड्डी कबड्डी कबड्डीले बर्षकै सबैभन्दा ठूलो व्यापार सुरुवात गर्दै नेपालमा एकैदिन १ करोड ४७ लाख व्यापार गरेको थियो ।

चलचत्रि कबड्डी कबड्डी कबड्डीले मल्टीप्लेक्समा भारतीय हेदी हलिउड चलचित्रलाई समेत विस्थापित गरिदिएको छ । बलिउड फिल्म ‘द जोया फ्याक्टर’ र हलिउड फिल्म ‘र्‍याम्बो’ ले समेत दर्शक नपाउँदा चलचत्रनै हलबाट विस्थापित भएको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ जापानका सबैमुख्य शहरमा प्रदर्शन हुनेछ ।

हांस्य सँगै द्धन्द्ध र प्रेमकथा समेटिएको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल लगायत लोकप्रिय कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा.सिंह गुरुङ, शिला खनाललगायत लोकप्रिय कलाकारहरुको बेजोड अभिनय रहेको छ ।