(JAPAN) 16 th October | 2019 | Wednesday | 6:11:10 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 2:56:10 PM
 

नेपालमा व्यापार र लोकप्रियताको रेकर्ड बनाईरहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी' आज टोकियोमा प्रदर्शन हुँदै

  POSTED ON : Sunday, 22 September, 2019 | Views : 233

नेपालमा व्यापार र लोकप्रियताको रेकर्ड बनाईरहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी' आज टोकियोमा प्रदर्शन हुँदै


टोकियो, जापान ।

प्रदर्शन थालेको दुईदिनमै सवा तीन करोड व्यापार गरेर नयाँ रेकर्ड बनाएको ‘कबड्डी कबड्डी कबड्डी’ चलचित्र आज जापानमा प्रदर्शन हुँदैछ ।

बर्षकै सबैभन्दा ठूलो व्यापार सुरुवात गरेको यो चलचित्रले नेपालमा गत शुक्रबार एकैदिन १ करोड ४७ लाख व्यापार गरेको थियो ।

शनिबार फिल्मले १ करोड ७० लाख बढी व्यापार गर्दा राजधानी काठमाडौं सहित देशभरका अधिकाशं हल हाउसफुल भएको थियो ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रबारका लागि काठमाडौंको पाँच स्टेशनमा कूल ३८ सोज बाँडेको थियो । फिल्म हेर्न उर्लिएको दर्शकको भीड देखेर शनिबार ३ सो बढाएर प्रदर्शन गरेको थियो ।


चलचत्रि कबड्डी कबड्डी कबड्डीले मल्टीप्लेक्समा भारतीय हेदी हलिउड चलचित्रलाई समेत विस्थापित गरिदिएको छ । बलिउड फिल्म ‘द जोया फ्याक्टर’ र हलिउड फिल्म ‘र्‍याम्बो’ ले शनिबार दर्शक पाउन मुस्किल पर्दा कबड्डी हेर्न आएका अधिकाशं दर्शकले पहिलो सो मा टिकट नपाएर कुर्नुपरेको थियो ।

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ जापानका दर्शकले आज हेर्न पाउने भएका छन् ।

नेपाल बाहिर पहिलो पटक जापानमा चलचित्र आज प्रदर्शन हुन लागेको हो । चलचित्र आज राजधानी टोकियो स्थित नाकानो जेरो हलमा साँझ ६ बजेबाट प्रदर्शन हुँदैछ ।

जापानमा चलचित्र प्रदर्शनको एकाधिकार पाएको टोक्यो ड्रिम्सका अनुसार चलचित्रको अधिकाशं टिकट अग्रिम बुकिगं भएको छ ।

हल क्षमता अनुसार टिकट अधिकाशं बुकिगं भएपछि उत्साहित बनेको टोक्यो ड्रिम्सले जापानको अधिकाशं मुख्य शहरमा प्रदर्शनको तयारी समेत थालेको छ ।


चलचित्र टोकियो बाहिर चिबा, नारिता, नागोया, तोचिगि, तोयोता लगायत स्थानमा प्रदर्शनको तयारी भईरहेको छ । नारितामा अक्टोबर २२ तारिख प्रदर्शन हुने भएको चलचित्र तोचिगि  चिबामा अक्टोबर ६ तारिखनै प्रदर्शन हुने तय भएको छ ।

हांस्य सँगै द्धन्द्ध र प्रेमकथा समेटिएको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल लगायत लोकप्रिय कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा। सिंह गुरुङ, शिला खनाललगायत लोकप्रिय कलाकारहरुको बेजोड अभिनय रहेको छ ।