(JAPAN) 18 th July | 2018 | Wednesday | 9:03:31 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:48:06 AM
 

टोकियोमा हुन लागेको गायक हिमेशको कार्यक्रम तत्कालका लागि स्थगित

  POSTED ON : Saturday, 05 May, 2018 | Views : 734

टोकियोमा हुन लागेको गायक हिमेशको कार्यक्रम तत्कालका लागि स्थगित

टोकियो ।

बहुप्रतिक्षित सांगितिक कार्यक्रमको रुपमा हेरिएको ’हिमेश रेशमिया लाईभ इन टोकियो’ कार्यक्रम स्थगित हुन पुगेको छ ।

जापानमा हुने लामो गोल्डेन वीक बिदाको अवसर पारेर टोकियोमा आयोजना गर्न लागिएको कार्यक्रम तत्कालका लागि स्थगित गरिएपनि छिट्टै अर्को मिति सार्वजनिक गरिने आयोजक संस्था सनराईज कर्पोरेशनले जनाएको छ ।

भारतका लोकप्रिय गायकका रुपमा चिनिएका हिमेश सहितको टोलीले यही मे ६ तारिख टोकियोमा भव्य कार्यक्रम गर्ने कार्यक्रम प्राविधिक कारणले आयोजक संस्था सनराईज कर्पोरेशनले जनाएको हो ।

आयोजक सनराईज प्रोडक्सनले छिट्टै नयाँ मिति, समय र स्थान सहितको जानकारी गराउने जानकारी दिएको छ ।

कार्यक्रमको सयौं टिकट विक्रि तथा बुकिगं भइसकेपनि कलाकारहरुको टिम समयमै आईपुग्न असमर्थ हुनेभएपछि पूर्व निर्धारित तिथिमितिमा सम्पन्न गर्न प्राविधिक समस्या पर्न गएकाले कार्यक्रम स्थगित गर्नुपरेको भन्दै आयोजकले सम्बन्धित सबै समक्ष क्षमायाचना मागेको छ ।

छिट्टै अर्को मिति सार्वजनिक गर्ने र भव्य कार्यक्रम बनाउने प्रतिवद्धता आयोजकले जनाएको छ ।

स्मरणीय छ सनराईज कर्पोरेशनकै आयोजनामा यसअघि जापानमा अहिलेसम्मै सफल मध्येको एक धुर्मुस सुन्तली साँझ सम्पन्न भएको थियो ।