(JAPAN) 18 th July | 2018 | Wednesday | 9:02:46 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:47:21 AM
 

टोकियो साकुरा नाईटमा हाँसो, नृत्य र गायनको बेजोड प्रस्तुती (भिडियो सहित) आज नागोयावासीको पालो

  POSTED ON : Friday, 04 May, 2018 | Views : 3357

टोकियो साकुरा नाईटमा हाँसो, नृत्य र गायनको बेजोड प्रस्तुती (भिडियो सहित) आज नागोयावासीको पालो

नागोया ।

हांस्य कलाकार, लोक गायक, आधुनिक, अप अनि भर्सटायल गायक गायिकाहरुसँगै बेजोड नृत्य प्रस्तुतीले टोकियोवासीलाई हिजो मनोरञ्जन दिलाएको नेपाली कलाकारहरुको टोली नागोया आइपुगेको छ ।

गोल्डेन विकको अवसरमा मे ३ तारिख 'हिजो' टोकियोमा ‘साकुरा नाईट-३’भब्यताका साथ सम्पन्न पारेर कलाकारहरुको टोली नागोया आइपुगेको हो ।

टोकियो नाकानो जिरोहलमा भएको कार्यक्रममा आधुनिक गायक हेमन्त शर्मा, पप गायक कमल खत्रि, लोक गायक मिलन लामा, आधुनिक गायिका मिलन अमात्य र हांस्य कलाकार सन्दिप क्षेत्रि, संचारकर्मी नरेश भट्टराई र बाल कलाकार दिव्या नेपालको प्रस्तुति रहेको थियो । 

राष्ट्रीय गानबाट सुरुभएको कार्यक्रममा बाल कलाकार दिव्या नेपालले पहिलो प्रस्तुति प्रस्तुत गरेकि थिईन ।

 

निकै छोटो रहेको औपचारिक कार्यक्रम साकुरा नाईटमा ३ मा रिवन काटेर समुद्घाटन गरे लगत्तै सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले कार्यक्रमको उदेस्यबारे प्रकास पारेका थिए । 

औपचारिक कार्यक्रममा रविन शर्माले उद्घोषण गरे पश्चात गरेका सुर्य कर्पोरेसनका ब्रयान्ड एम्बेसडर समेत रहेका नरेश भट्रराईको  उदघोषणमा सम्पुर्ण कार्यक्रम केन्द्रित रहेको थियो । 

सूर्य कर्पोरेशनले विगत तीन वर्षदेखि ‘साकुरा नाईट’ आयोजना हुँदै आएको छ ।

कार्यक्रमको मुनाफा मानवसेवा आश्रमलाई सहयोग गर्ने सूर्य कर्पोरेशनका अध्यक्ष बाशुदेव लामिछानेले बताए ।

आयोजकले गत वर्षको कार्यक्रमको मुनाफाबाट पनि १ लाख ११ हजार १११ रुपियाँ सोही संस्थालाई सहयोग गरेको थियो ।

साथसाथै यस वर्ष कार्यक्रमकै विच चितवनको चेपांग बालबालिका सहयोगार्थ छुट्टै ३० हजार एन सहयोग गरीएको थियो ।

कार्यक्रम हेर्न उपस्थित एक दर्शकको तर्फबाट थप १० हजार येन समेत प्राप्त भएको थियो ।

कार्यक्रम ४ तारिख नागोया ५ तारिख ओशाका र ६ तारीक पुन आईतवार टोकियो रोधि क्लवमा भव्य बिदाई सहितको सांस्कृतिक कार्यक्रम हुने आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले जानकारी दिए ।

टोकियोको कार्यक्रमको मेनेजमेन्टको ज़िम्मा एवन ईन्टरटेनमेन्टले पाएको थियो भने नागोया र ओशाकामा क्रमस एनआरएनए नागोया र नेपोलिएन गाईजको मेनेजमेन्टमा कार्यक्रम सम्पन्न हुनेछ ।

साकुरा नाइट ३ का सम्पुर्ण कलाकार जापान भित्रिय लगत्तै टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।