(JAPAN) 18 th July | 2018 | Wednesday | 9:03:09 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:47:44 AM
 

सांगीतिक साँझमा गायकसँगै दर्शकको नाचगान

  POSTED ON : Wednesday, 02 May, 2018 | Views : 236

सांगीतिक साँझमा गायकसँगै दर्शकको नाचगान

टोकियो ।

नेपाली नयाँ वर्षको अवसरमा आयोजित सांगीतिक साँझमा नेपालबाट निम्त्याइएका कलकारले जापान प्रवेश नपाएपछि जापानमै रहेका कलाकारहरुले मनोरञ्जन दिलाएका छन् ।

असाहाय बालबालिका तथा बेसाहारा वृद्धवृद्धाको सहयोगार्थ भन्दै बागलुङ समाज जापानले सांगितिक साँझ २०१८ नाम दिएर कार्यक्रम गत आईतबार मेगुरो कुमिन सेन्टरमा आयोजना गरेको थियो ।

आयोजकले बोलाएका दुई गायक योगेश काजीे र दिपक परियारलाई भने जापानमा बिशेष कारण भन्दै प्रवेश नदिएपछि उनिहरु फर्कन बाध्य भए ।

नेपालबाट निम्त्याएका कलाकारहरुले जापान प्रवेश नपाएपछि जापानमै रहेका गायकहरु रामकृष्ण बम मल्ल, सूर्य खड्का र श्याम शितल श्रेष्ठले उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।

दर्शकहरु गायकहरुसँगै नाचेका थिए । प्रियंका कार्कीले नृत्य प्रस्तुत गर्दा माहोल थप तात्तिएको थियो ।

बाग्लुगं समाज जापानका अध्यक्ष सिद्धार्थ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका  उपाध्यक्ष प्रेमप्रसाद कंडेलले स्वागत गरेका थिए भने गायक रामकृष्ण बम मल्लले कार्यक्रम सञ्चालन गरेका थिए ।