(JAPAN) 19 th September | 2019 | Thursday | 5:55:37 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:40:37 PM
 

जापानमा नायक सरोज खनाल, धिरेन शाक्य लगायत कलाकारको उपस्थितिमा अवार्ड वितरण

  POSTED ON : Thursday, 22 August, 2019 | Views : 106

जापानमा नायक सरोज खनाल, धिरेन शाक्य लगायत कलाकारको उपस्थितिमा अवार्ड वितरण


टोकियो, जापान ।

जापानको राजधानी टोकियोमा विश्वको पहिलो समावेशी इन्कोरेजमेन्ट अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सोमवार सम्पन्न अवार्ड कार्यक्रममा विभिन्न संघसंस्थामा अवद्ध भएका व्यक्तिहरुलाई अवार्ड वितरण गरिएको थियो ।

उक्त अवार्ड कार्यक्रममा सम्पूर्ण क्षेत्रलाई समावेश गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथी नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली रहेका थिए भने नेपाली जनप्रगतिशिल मञ्च जापानका अध्यक्ष हवल चन्द्र लामा, जापानका सफल व्यावसायी केशब अधिकारी सह-आयोजक मातृ सन्देश डट कमका सम्पादक शान्त पहरी, दुर्गा प्रसाद आचार्य,चितवन जापान समाजका अध्यक्ष राजन श्रेष्ठ लगाएका विशिष्ट ब्याक्तीहरुको सहभागी रहेको थियो ।

क्लब ४० इन्टरनेशनल नेपालका आयोजनामा कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रम कार्यक्रमका निर्देशक समिर लामाका अनुसार कार्यक्रममा नेपालबाट अहिलेसम्मकै सबैभन्दा धेरै कलाकारहरु लगायत विभिन्न संघ संस्था आबद्ध विशिष्ट ब्याक्तित्वहरुलाइ सम्मान र अवार्ड बितरण गरेका थिए ।

नेपालको नोट डिजाइनर सुन्दर श्रेष्ठ, नायक सरोज खनाल, नायक धिरेन शाक्य, हर्के हवल्दारका खम्बे शिव हरि नेपाल शिव शर्मा राजेन्द्र गिरि अस्मिता बस्नेत, जुना श्रेष्ठ,दिपक डोटेल,कमानसिङ लामा,गणेश राई लक्ष्मी तामाङ रेस्लर खेलाडी अस्मिता जुरेली,अन्जु गौतम, मिङ्स लामा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तीहरुको सहभागी रहेको थियो ।

जापान संयोजन पाएको मातृ सन्देश टीमले आइतवार नेपालबाट आएका सम्पूर्ण कलाकारलाई मायाको चीनो सहित सम्मान गरेको थियो ।