(Japan) 29 th March | 2024 | Friday | 3:29:54 PM || (Nepal) 12:14:54 PM
 
 


हाँस्य कलाकार फुलन्देकी आमा र गायिका सविना गुरुङको उपस्थितिमा तमु धीं जापानले रजत जयन्ती मनाउने

  POSTED ON : Sunday, 14 July, 2019 | Views : 2846

हाँस्य कलाकार फुलन्देकी आमा र गायिका सविना गुरुङको उपस्थितिमा तमु धीं जापानले रजत जयन्ती मनाउने


टोकियो, जापान ।

टेलिभिजन कार्यक्रम मार्फत पछिल्लो समय चर्चामा रहेकी हांस्य कलाकार पात्र फुलन्देकी आमा सहित गायिका तथा नायिका सबिना गुरुङ जापान आउने भएकी छिन् ।

जापानमा क्रियासिल संस्था मध्येको एक तमु धीं जापानको रजत जयन्तिको अवसरमा आयोजना हुन लागेको रोधी साँझको लागि कलाकारद्धय नेपालबाट आउने भएका हुन् ।

टेलिभिजनको पर्दामा फुलन्देकी आमाको रुपमा महिला पात्र बनेपनि सफल अभिनय गर्न सिपालु उमेश राई जापानमा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्न जापान आउने भएका हुन् ।

तमुधीं जापानका अध्यक्ष अनिता गुरुङका अनुसार सन १९९५ मा स्थापना भएको तमुधीं जापानले स्थापनाको २५ बर्षको अवसरमा सांस्कृतिक कार्यक्रम सहित आफ्नो रजत जयन्ती मनाउन लागेको हो ।

विभिन्न सामाजिक कार्य र समाजसेवाको क्षेत्रमा काम गर्दै आएको तमु धींले जापानमा रहेका नेपालीहरुलाई भैपरि आएका समस्यामा समेत सघाउँदै आएको छ ।

रजत महोत्सवमा संस्थापक अध्यक्ष सहित सबै पूर्व अध्यक्षहरु उपस्थित हुने बताउँदै अध्यक्ष अनिता गुरुगंले अग्रजहरुको उपस्थितिमा यसवर्ष गुरुङहरुको सांस्कृतिक चाड रोधी साँझ २०१९ रजत महोत्सव गरी मनाउन लागेकोमा सबै जापानवासी नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध समेत गर्नुभयो ।

गुरुङ जातिको मौलिक साँस्कृतिक परम्परालाई जिवन्त राख्न तथा संस्कृति मार्फत अन्तर्रास्ट्रिय स्तरमा नेपाल तथा गुरुङ जातिको सांस्कृतिक पहिचान भएको रोधी सॉझ २५ औं श्रृखला हो ।

तमुधीको गौरवमय रजत महोत्सवलाई सफलता पूर्वक सम्पन्न गर्न उपाध्यक्ष युक्तमान गुरुङको सह संयोजकत्वमा बिभिन्न उपसमितीहरु समेत गठन गरीएको बताईएको छ ।

रजत जयन्ती सहितको रोधि सँझको लागि नेपालबाट लोकप्रिय लोकदोहोरी गायिका तथा गुरुङ चलचित्रकी नायिका सविना गुरुङ एव चर्चित हास्य कलाकार फुलन्देकी आमा ९उमेश राई० जापान आउने छन् भने कार्यक्रमलाई थप मनोरन्जन दिन चर्चित पप गायक सर्बग्यमान शाक्य सहित जापानमा रहेका कलाकारहरुको पनि साँस्कृतिक प्रस्तुतिहरु रहने भएको छ ।

तमुधीँ जापानका महासचिव चित्र गुरुङका अनुसार तमुधीं जापानले स्थापनाको गौरबमय २५ बर्षे लामो एेतिहासिक अवसरमा संस्थालाई साथ एवं सहयोग गर्ने सबैलाई निमन्त्रणा गर्दै रजत जयन्तिमा सहभागिताको लागि अनुरोध समेत गर्नुभएको छ ।

कार्यक्रम हुने मिति र स्थान

मिती :- अगस्ट ४
स्थान:- ईकेगामी काईगन हल, टोक्यो
समय:- दिउँसो ३ वजे