(JAPAN) 21 st July | 2019 | Sunday | 10:13:20 AM
(Nepal) 21 st July | 2019 | Sunday | 6:58:20 AM
 

डम्फुको तालमा सेलो गाउँदै नाच्ने दिन अगष्ट २५ अर्थात् नेपाल तामाङ समाज जापानको ‘डम्फु साँझ-२०१९’

  POSTED ON : Monday, 08 July, 2019 | Views : 67

डम्फुको तालमा सेलो गाउँदै नाच्ने दिन अगष्ट २५ अर्थात् नेपाल तामाङ समाज जापानको ‘डम्फु साँझ-२०१९’


सजिना मोक्तान-टोकियो, जापान ।

डम्फु भन्ने वित्तिकै सेलो गीतको तालमा नाचगान भन्ने बुझिन्छ । जापानमा रहेका तामाङ समुदायबिचको एकतालाई बलियो बनाउन रमाईलो भेटघाट कार्यक्रको रुपमा नेपाल तामाङ समाज जापानले राजधानी टोकियोमा भव्य डम्फु साँझ सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

तामाङ समाज जापानको आइतवार बसेको बैठकले आगामी अगष्ट २५ मा डम्फु साँझ गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष कुमार मोक्तानको अध्यक्षतामा बसेको बैठकले अगष्ट २५ तारिखका दिन साँझ ४ बजेबाट टोकियो स्थित सिनओकुबोमा रहेको रोधी घरमा डम्फु साँझ गर्ने निर्णय गरेको हो ।

डम्फु साँझ कार्यक्रममा रहनुभएका नेपाली कलाकारहरुको बिशेष सांस्कृतीक प्रस्तुति देखाउनुका साथै मौलिक सास्कृतिक प्रस्तुती र नाचगान हुने भएको छ ।

संस्थाका महासचिव हिमाल लामाका अनुसार जापानमा रहनुभएका तामाङ समुदायलाई एकतामा बाँध्नेगरि भाषा, परम्परा लगायतका आफ्ना साँस्कृतिक धरोहरका विविध पक्षलाई संरक्षण एवं सबर्द्धन गर्नेगरि कार्यक्रम आयोजना गरिने छ । 

आपसी भाईचारा, मेलमिलाप र सम्बन्धमा बिकास एवं बिस्तार गर्दै आईरहेको तामाङ समाज जापानले हरेक बर्ष डम्फू साँझ कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।

तामाङ जातिहरुको लोकबाजा टुङना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ, भाटेमादल, पली, पिहुङ मध्ये डम्फू एक प्रकारको बाजा हो ।