(JAPAN) 21 st July | 2019 | Sunday | 9:46:17 AM
(Nepal) 21 st July | 2019 | Sunday | 6:31:17 AM
 

परिधी बनिन् कृष्णको 'कोहि न कोही' (भिडियो सहित)

  POSTED ON : Saturday, 06 July, 2019 | Views : 76

परिधी बनिन् कृष्णको 'कोहि न कोही' (भिडियो सहित)


टोकियो, जापान ।

मन पराएकाहरुबाट अस्विकृत हुनुपरेका कृष्ण लामाको लागि कोही खास बनेर आएकी छिन् परिधी झा ।

आफुले मन पराएका दुईजनाबाट अस्विकृत भएपनि मायाँ गर्ने मायाँलुको खोजिमा रहेका कृष्णको लागि कोही आफ्नो बनेर आएकी हुन् परिधी ।

प्रसंग हो आधुनिक गीत 'कोही न कोही'को । जापानमा रहेर नेपाली गीतसंगित सृजनामा पाईला चाल्दै गरेका कृष्ण लामाको पहिलो म्युजिक भिडियो सहितको गीत कोही न कोही सार्वजनिक भएको छ ।

राजधानी टोकियोमा एक कार्यक्रमका बिच सार्वजनिक भएको गितमा स्वरसँगै गायक लामाले अभिनय समेत गरेका छन् । गीतमा कृष्णको लागि कोही खास बनेर मोडलको भूमिकामा देखिएकी छिन् परिधि झा ।

जापानको सुन्दर दृश्य सहित नेपाली पोशाकमा सजिएकी परिधिसँग गायक लामालाई समेत उस्तै रुपमा देख्न सकिन्छ ।

जोन छन्त्यालको शब्द, रमेशराज भट्टराईको संगीत र दिलिप श्रेष्ठको निर्देशन रहेको गितको भिडियो श्रवण भट्टराईले खिचेका हुन् । सम्पादन भने शिव पुरीको रहेको छ ।

हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गितमा परिधिसँगै आरोही सुवेदी र लाभान्सी कार्कीलाई समेत देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्