(JAPAN) 16 th October | 2019 | Wednesday | 7:38:07 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 4:23:07 PM
 

'गलबन्दी' गितमा प्रकाश सपुत र शम्भु राईवीच सहमति, शम्भु राईले नाम पाउने दाम नपाउने (भिडियो सहित)

  POSTED ON : Wednesday, 26 June, 2019 | Views : 207

'गलबन्दी' गितमा प्रकाश सपुत र शम्भु राईवीच सहमति, शम्भु राईले नाम पाउने दाम नपाउने (भिडियो सहित)


काठमाडौं ।

प्रकाश सपुत र शान्तिश्री परियारको स्वरमा रहेको बर्षकै लोकप्रिय गित ‘गलबन्दी’ गीतको विवादमा गायक सपुत र शम्भु राईबिच सहमति भएको छ ।

प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा भएको छलफलमा सपुत र राईबिच चार बुँदे सम्झौता भएको हो ।

सम्झौता अनुसार अब युट्युबमा रहेको ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुने भएको छ ।

हाल सपुतको सृजना उल्लेख भएको गितमा पुनः संगीत सिर्जना भनेर प्रकाश सपुतको नाम लेखिने भएको छ ।

यस्तै, अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने गलबन्दी गीतमा शम्भु राईको नाम समावेश गरी प्रकाशन गर्ने सहमति भएको छ ।

यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहने भएको छ ।

यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति सम्झौतामा उल्लेख छ ।

गलबन्दी १५ दिनमै करोड क्लवमा, प्रकाश र शान्तिको जाँदुमयी स्वरमा अञ्जलीको लोभलाग्दो क्रेज (भिडियो सहित)


‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राईले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा उजुरी दर्ता गराएका थिए ।

गायक शम्भु राई र प्रकाश सपुतबिच भएको यो सहमतिसँगै ‘गलबन्दी’ विवादमा देखिएको विषय किनारा लागेको छ ।