(JAPAN) 16 th October | 2019 | Wednesday | 7:52:01 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 4:37:01 PM
 

सेप्टेम्बर १-जापान तीज फेस्टिवल विशेष, टोकियोको सिवा पार्कमा विशेष तीज धमाका हुँदै

  POSTED ON : Thursday, 20 June, 2019 | Views : 798

सेप्टेम्बर १-जापान तीज फेस्टिवल विशेष, टोकियोको सिवा पार्कमा विशेष तीज धमाका हुँदै


टोकियो, जापान ।

नेपाली समुदायले जापानमा गर्दै आएको सांगितिक कार्यक्रमको ईतिहाँसमै फरक शैलिमा नेपाली महिलाहरुको महान् चाड तीजको अवसरमा जापानमा पहिलो पटक खुल्ला पार्कमा तीन धमाका कार्यक्रम हुने भएको छ ।

जापानमा मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम आयोजनामा सक्रिय रहेका युवाहरुले डेस्टिनि क्रियशन मार्फत यसपटक सेप्टेम्बर १ तारिखमा राजधानी टोकियोको शिवा पार्कमा संस्थागत रुपमा विशेष तीज सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

यसको लागि तीज फेस्टिवलमा स्टल समेत राखिन लागेको बताउँदै संस्थाले स्टल बुकिङ खुल्ला गरेको जनाएको छ ।

डेस्टिनी क्रियसनले टोकियोमा पत्रकार भेटघाट गरी स्टल खुल्ला गरीएको जानकारी सहित कार्यक्रमबारे विस्तृत जानकारी दिएको हो ।

आगामी सेप्टेम्बर १ तारिख आईतबार टोकियो टावर नजिक रहेको सिवा पार्कमा हुने सो खुल्ला ‘तीज फेष्टिवल’ कार्यक्रम मार्फत संकलन हुने नेपालमा आर्थिक अभावका कारण अध्ययनमा समस्या झेल्दै आएमा पाँचजना बालबालिकाहरुको अध्ययनमा सघाउन विशेष शैक्षिक सहायता समेत गर्ने भएको छ ।

नेपालका ख्यातिप्राप्त आधा दर्जन कलाकारहरुको साथमा नेपाली तीजको मौलिकता झल्काउने गरी जापानमैं पहिलो पटक भिन्न र बृहत ‘तीज फेस्टिवल गर्न लागेको क्रियशनले तीजको दरखाने दिन विहान १० वजेवाट साँझ ७ वजेसम्म सांगितिक कन्सर्टको शैलिमा तीन विशेष सांगितिक कार्यक्रम गर्न लागेको जनाएको छ ।

उक्त तीज फेस्टीवल जापानमैं पहिलो पटक खुल्ला पार्कमा गर्न लागेकोले जापानस्थित सम्पुर्ण संस्थालाई सह-आयोजकको रुपमा समेत राख्ने भएको छ ।

करिव ४ हजार जनाको क्षमता रहेको पार्कमा तीज फेस्टिवलका दिन केही खानाको स्टल सहित व्यापारिक स्टल समेत राख्न मिल्ने भएकाले त्यसको लागि बुकिगं खुल्ला गरिएको आयोजकले जनाएको छ ।

जापानको ईतिहाँसमै पहिलो पटक ऐतिहाँसिक रुपमा आधा दर्जन कलाकारको साथमा हुने खुल्ला तीन फेस्टिवलमा स्टल राख्न चाहने रेष्टुरेण्ट व्यवसायीक संस्था सहित व्यापारिक संस्थाले उल्लेखित नम्वरमा सिधा सम्पर्क गरेर जतिसक्दो छिटो स्टल बुकिगं गराउन आयोजकले अनुरोध गरेको छ ।

स्टलको संख्या ३ देखी ५ वटा सम्म हुने भएकाले समयमै आफ्नो व्यापार व्यवसाय बृद्धि तथा सहकार्य गर्न आयोजकले अनुरोध गरेको बताएको छ ।

सम्पर्क नम्वर -: ०८०-९५२६-६४०५,०९०-९८४३-७८९७