(JAPAN) 18 th June | 2019 | Tuesday | 4:17:08 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 1:02:08 PM
 

जापानबाट शर्मिलाले ल्याईन् नेपाली सेलो गीत 'ठुली कान्छी'

Sajina Moktan   POSTED ON : Monday, 27 May, 2019 | Views : 805

जापानबाट शर्मिलाले ल्याईन् नेपाली सेलो गीत 'ठुली कान्छी'


टोकियो, जापान ।

शर्मिला तामाङ नेपाली सेलो संगीतको क्षेत्रमा विल्कुलै नयाँ नाम हो । सवैका रहर र चाहना हुन्छ गीत संगीतमा छाउने तर त्यसलाई पूरा गर्नको लागि साधना चाहिन्छ । 

त्यही संगीत प्रतिको साधनाले शर्मिलालाई सेलो गायनको क्षेत्रमा सफलतापूर्वक सिँढी उक्लन सहजता मिल्ने विश्वास लिईएको छ ।

विभिन्न लय र शब्दहरुले भरिएको तामाङ सेलोको बजार दिनानुदिन फराकिलो हुँदै गईरहेको परिवेशमा लोक फापारे सेलो, सैलुङ्गे, खान्दोकेको साथै पप सेलो, आधुनिक सेलोहरुले पनि तामाङ समाजमा मात्र नभइ समग्र नेपाली समाजमा समेत आकर्षण बढाएको पाईन्छ ।

यहि सन्दर्भमा लोकप्रिय फापारे सेलो गायक बैरागी मोक्तानको संगितमा गायिका शर्मिला तामाङ र गायक पासाङ लामाको स्वरमा सजिएको सेलो कोसेली “ठुलि कान्छी” को सफल विमोचन भएको छ । 

“ठुलि कान्छी” लाई कार्यक्रमका प्रमुख अतिथी बुद्ध एकडेमिका निर्देशक महाबिर लामाले गितको ब्यानर खोल्दै विमोचन गरेका थिए । विमोचन पश्चात् मन्तव्य राख्दै लामाले आफ्नो युवा कालमा स्टुडियोमा गित रेकर्ड गर्न समेत पहुँच नभएको बताउँदै अहिले प्रविधिले गर्दा आफ्नो प्रतिभालाई जतिबेला पनि प्रस्फुटित गर्न सजिलो भएकोले अहिलेको समय कलाकारहरुको लागि सजिलो युग भएको बताए ।

पासाङ लामाको शब्द रचना, बैरागी मोक्तानको संगीत रहेको “ठुलि कान्छी” मा पासाङ लामा र शर्मिला तामाङले स्वर दिएका छन् ।

फुलमाया तामाङको निर्देशन, बैरागी मोक्तानको सम्पादन गरेको म्युजिक भिडियोमा पुसन लामा वाईबा र पासाङ लामाको सशक्त अभिनयमा रोशन फ्युबाले कलर भरेका छन् । उक्त म्युजिक भिडियोको छायाङ्कन भने बिजय जिरेलले गरेका हुन् ।

कार्यक्रमका सभापति एवं अन्जना कृएशनका सन्चालक बैरागी मोक्तानले तामाङ समाजमा छोरी चेलिलाई बोलाउने लोकप्रिय शब्द ठुली र कान्छी जस्ता शब्दको प्रयोग भएकोले यो गित सबैको मनमा बस्न सफल हुने आसा व्यक्त गरे ।

विमोचन कार्यक्रममा फापारे सेलो गायक पोङ्दिला च्याङ्बा लगायत थुप्रै महानुभावहरुको उपस्थिति रहेको थियो ।

जापानमा रहेर पनि नेपाली सेलो संगीतलाई माया गरेर साधनारत नव गायिका शर्मिला तामाङलाई आगामी सांगितिक यात्राको लागि शुभकामना ।