(JAPAN) 19 th September | 2019 | Thursday | 5:16:22 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:01:22 PM
 

जापानबाट गोविन्दले ल्याए मन रुवाउने परदेशीएका नेपालीको पीडा र दुखको कथा (भिडियो सहित)

  POSTED ON : Tuesday, 21 May, 2019 | Views : 276

जापानबाट गोविन्दले ल्याए मन रुवाउने परदेशीएका नेपालीको पीडा र दुखको कथा (भिडियो सहित)


टोकियो, जापान ।

घर परिवार, ईष्टमित्र प्यारो नेपाल बाध्यताले छोडेर बिदेशीएका नेपालीहरु कहिल्यै खुशी हुन सक्दैनन् ।

मनमा परिवार र प्रियजनको याद र सम्झना अनि देशको मायाँले हरेकपल पीडामा रहेका परदेशी नेपालीहरुको भावना र वास्तविकतालाई समेटेर गीत ल्याएका छन् गायक सन्तु थापाले परदेशीको पीडा ।

कर्मभुमी जापानलाई बनाउँदै आएका सजर्क गोविन्द खरालको गितको छायांकन जापान र नेपालको चितवन र गुल्मि जिल्लामा गरिएको छ ।

बिदेशिएका लाखौं नेपालीहरुको भावना समेट्ने गीत लोक लयमा आधारित छ ।

यो गीतका निर्देशक प्रकाश भट्टले गरेका हुन् भने गोविन्द थापाको शब्द र गोविन्द खरालको संगीत रहेको छ ।

म्युजिक एरेन्जर कमल सौरभले गरेको म्युजिक भिडियोमा गोविन्द खराल र सारिका केसीको अभियन रहेको छ ।

विष्णु शर्माले सम्पादन गर्नुभएको म्युजिक भिडियोलाई सन्तु थापाको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।