(JAPAN) 18 th June | 2019 | Tuesday | 3:39:08 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:24:08 PM
 

जापानी गायिकाले गित गाउँदै भनिन्-'पानको पात, नेपालको याद आउछ दिनको रात' लोक दोहोरिगीत सांस्कृतिक कार्यक्रम विशेष (भिडियो सहित)

  POSTED ON : Tuesday, 21 May, 2019 | Views : 174

जापानी गायिकाले गित गाउँदै भनिन्-'पानको पात, नेपालको याद आउछ दिनको रात' लोक दोहोरिगीत सांस्कृतिक कार्यक्रम विशेष (भिडियो सहित)


टोकियो, जापान ।

आओई सानोले “पानको पात, नेपालको याद आउछ दिनको रात” बोलको गित स्टेजमा गाईरहँदा सायदै कसैलाई लाग्ला उनि जापानी नागरिक हुन् भनेर ।

जापानी गायिका समेत रहनुभएकी सानोले नेपाली कुर्ता र सुरुवालमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नेपाली बाजा र भाकामा नेपाली गीत गाईरहँदा उपस्थित दर्शकहरु मन्त्रमुग्ध र भावविहोर देखिन्थे । कारण उनले नेपाली गित त्यो पनि नेपालको सम्झना बारे गाईन् ।

उपस्थित अतिथि र दर्शकहरुलाई नचाउँदै नेपालको सम्झनालाई गीत मार्फत गाएर मन जितेकी आओई एक प्रतिनिधि जापानी हुन् जो जापानमा रहेका नेपाली समुदायसँगको मित्रतामा नेपाली गीतसंगित र नेपाललाई मायाँ गर्छिन् ।

आफ्नो प्रतिष्ठानको केन्द्रिय कार्यालय भवन निर्माण सहयोगार्थ आयोजित कार्यक्रममा उपस्थित दर्शक र सहयोगीहरुबाट साथ र मायाँ पाएको जापान शाखाले आर्थिक सहयोग समेत संकलन भईरहेको जनाएको छ ।

नेपालीहरुको बाक्लो उपस्थितिका बिच जापानी नागरिकहरुको समेत सहभागीता रहेको कार्यक्रमको जापान शाखाका अध्यक्ष युवराज आचार्यको सभापतित्वमा सम्पन्न भएको हो । वरिष्ठ गायक तथा संगीतकार ईश्वर गुरुङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम राष्ट्रियगानबाट सुरु गरिएको थियो ।

शाखाका उपाध्यक्ष सूर्य खड्काको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव नारायण कँडेलले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, शाखाका पूर्व अध्यक्ष तथा प्रतिष्ठान जापान शाखाका सल्लाहकार तिलक मल्ल, बेलुकाजी थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा सूर्य खड्का, छवि पाण्डे, अमित सापकोटा, चेतन घर्तीमगर, समुन्द्र पौडेल,  प्रेम बस्नेत, रामशरण रसाईली, खड्क पुन, विमला थापा, हिरा श्रीष, खेम पौडेल लगायतका कलाकारहरुले लोकगीत, सालैजो, भजन तथा कौडा लगायतका लोकभाकाहरु गाउनुभएको थियो ।

प्रतिष्ठान जापान शाखाका अध्यक्ष तथा कार्यक्रमका सभापती युवराज आचार्यले कार्यक्रममा उपस्थिति तथा सहयोग गरेर कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।