(JAPAN) 21 st July | 2019 | Sunday | 9:03:45 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:48:45 AM
 

सिबुयाको व्यस्त सडकमा सुत्ने खाट राखेर रमाईलो भिडियो बनाउनेहरु पक्राउ

  POSTED ON : Tuesday, 14 May, 2019 | Views : 952

सिबुयाको व्यस्त सडकमा सुत्ने खाट राखेर रमाईलो भिडियो बनाउनेहरु पक्राउ


टोकियो, जापान ।

विश्वकै व्यस्त सडक पार गर्ने ठाउँको रुपमा परिचित जापानको राजधानी टोकियो स्थित सिबुया सडक पार गर्ने ठाउँमा सुत्ने खाट राखेर रमाईलो भिडियो बनाउनेहरु पक्राउ परेका छन् ।

बिदेशी युवाहरुको एक समुहले जानाजान अरुलाई जिस्काउन वा ठट्टा गर्नको लागि बनाईने प्रांक भिडियो बनाएका थिए ।

६ जना युवा र एक युवतीले त्यस्तो भिडियो बनाएर युट्युवमा हालेका थिए ।

उनिहरुले अरुको ध्यान खिच्न र युट्युवमा भिडियो धेरै हेरियोस् भन्नको लागि जानाजान त्यस्तो भिडियो बनाएको प्रहरीलाई बताएका छन् ।

जापानी समाचार संस्था क्योदोका अनुसार गत मार्च अन्तिम सातामा बनाईएको त्यस्तो भिडियो सडक पार गर्ने बिचभागमा सुत्ने खाट राखिएको थियो ।

सडक पार गर्न हरियो बत्ति बल्ने बित्तिक चारजनाको समुहले खाट बोकेर लगेर बिच भागमा राखेको र भिडियो खिचेका थिए । सडक पार गर्नेहरुले उनिहरुको त्यो हर्कतको फोटो र भिडियो खिचेका थिए ।

सडक वारपार गर्नेहरुलाई केही असहज भएपनी उनिहरुले सडक पारगर्ने रातो बत्ती बल्नु अघिनै उक्त खाट उठाएर हिँडेका थिए ।

तर प्रहरीले दुर्घटना निम्त्याउन सक्ने तथा अरुलाई पनि यस्तो खतरनाक भिडियो बनाउन उक्साउन सक्ने भन्दै उनिहरुलाई पक्राउ गरेको बताईएको छ ।

पक्राउ परेकोबारे समाचारमा उल्लेख भएपनी उनिहरुमाथि कस्तो कारवाही हुने लगायत विस्तृत विवरण भने खुलाईएको छैन ।